Aamsanchar

हात्तीपाइले रोग विरुद्धको औषधी वितरण सुरु

Author Image
बिहिवार, चैत १७, २०७३

भद्रपुर।

हात्तीपाइले रोग निवारण अभियान अन्तरगत आम औषधी सेवन कार्यक्रम झापामा बुधवारदेखि सुरु भएको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले हात्तीपाइलेको औषधी खाएर अभियान सुरु गरेका हुन् । प्रजिअ खत्रीसहित अञ्चल प्रहरी कार्यालय मेची बरिष्ठ प्रहरी उपरीक्षक पिताम्बर अधिकारी, प्रहरी कार्यालय झापाका एसपी शैलेस थापा क्षेत्री, सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाका एसपी आनन्द नेम्बाङ्ग, कार्यालयका प्रमुख तथा कर्मचारी, पत्रकार लगायतले यो अवसर भन्दै खुसी भएर औषधी सेवन गरेका थिए ।
जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बुधवार विहान भद्रपुर नगरपालिकाको वडा कार्यालय चन्द्रढीमा आयोजना गरेको छैठौ पटकको औषधी सेवन कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक मधुसुधन कोइरालाले अभियानको ओचित्यमाथी प्रष्ट पार्नु भएको थियो । चिकित्सकले तोकेको आधारमा औषधी खाएमा कुनै असर नगर्ने भन्दै यो वर्ष झापाका ७ लाख ३३ हजार नागरिकलाई औषधी खुवाइने उहाले बताउनु भयो ।
कार्यालयले विभिन्न स्थानमा स्वास्थ्यकर्मीको निगरानीमा चैत १७ देखि १९ गतेसम्म घरदैलो कार्यक्रम सञ्चालन गरेर औषधी खुवाउने उहाको भनाई छ । कार्यक्रमलाई मेची अञ्चल अस्पतालका मेसु  डाक्टर पिताम्बर ठाकुरले कुन मानिसको शरिरमा हात्तीपाइलेको जिवाणु रहेमा औषधीले मार्ने भएकोले त्यसवाट भएको प्रतिक्रियाले गर्दा वाक्वाकी हुने सामान्य रिंगटा लाग्ने तथा टाउको दुख्ने समस्या हुनसक्ने बताउनु भयो ।

औषधीका कारण विरामी परिने हल्ला भने निराधार रहेकोले चिकित्सकले दिएको सल्लाहको आधारमा औषधी खाएमा केहि नहुने भन्दै गएको वर्ष झापामा कुनै नकरात्मक समचार नआएको उहाको भनाई छ ।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर