Aamsanchar

‘‘कला राईको ‘’युके हङकङ कोरिया’’ गित सार्वजनिक’’

Author Image
बिहिवार, चैत १७, २०७३

भरत शिवाकोटी

   [युएई]

नेपाली सांगीतिक क्षेत्रले पछिल्लो समयमा निक्कै फडको मारिरहेको छ | तर यहि सांगीतिक क्षेत्रमा उत्ताउलोपन भित्रियो भनेर चिन्ता मानिरहनु पर्ने स्थिति मात्र छैन आफ्नै गाँउघरका कथा-व्यथाहरु टपक्क टिपेर जस्ताको तस्तै गीत, संगीत मार्फत पोख्ने कलाकारहरु आजपनि नेपाली सांगीतिक आकाशमा उल्लेख्य रहेका छन | यस्तै कथा र व्यथाहरुलाई धेरै मात्रामा दर्शक तथा श्रोतामाझ पुर्याउने गायिकाहरु मध्ये एक सफल गायिका हुन कला राई |

उनै गायिका कला राईको ‘’लुक्स’’ एल्वममा रहेको ‘‘युके हङकङ कोरिया’’ बोलको गीतको म्युजिक भिडियो गत २८ मार्च २०१७ मा युटयुब मार्फत सार्वजनिक भएको छ। सुरिलो स्वरकी धनि गायिका राईको उक्त आधुनिक गीतले वैदेशिक रोजगारीको कथा र व्यथालाई मार्मिक शब्दहरु मार्फत पोखेको छ | युके, हङकङ, कोरिया जस्ता मुलुकहरुमा सुख साँटन गएका आफ्ना जीवन साथीको पर्खाइमा बस्ने सयौं नेपाली दिदीबहिनीहरुको यथार्थतालाई म्युजिक भिडियोले समेटेको मात्र छैन उनीहरुलाई सम्झाउँदै पैसा सबैथोक होइन जसले धेरै कुरा सँगै मनको रहर किन्न सक्दैन बरु स्वदेशमा पसिना पोखे सुन फल्छ भन्दै मातृभूमि फर्कन आग्रह गरेको छ |

सांगीतिक क्षेत्रकी सफल कलाकार कला राईको स्वर तथा शब्दमा रहेको उक्त आधुनिक गितमा संगीत वरिस्ठ सङ्गितकार सुरेश अधिकारिको रहेको छ भने म्युजिक भिडियोको निर्देशन केशव कटुवालले गरेका हुन | राम गुरुङ द्वारा युएईका विभिन्न रमणीय स्थानहरुमा छायांकन गरिएको म्युजिक भिडियोमा दुर्गा क्षेत्री,दिपक बस्नेत (DB झापाली) र उर्मिला केसी ले जीवन्त अभिनय गरेका छन | दर्जनौं म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका दुर्गा क्षेत्री एक सफल मोडल कलाकार हुन भने दिपक बस्नेत तथा उर्मिला केसी यो क्षेत्रमा उदाउँदै गरेका नयाँ कलाकार हुन |

झापा जिल्ला शनि अर्जुन नगरपालिका वडा न.-१ बसोबास गर्ने दिपक बस्नेत (DB झापाली) र उर्मिला केसी विगत ९ बर्ष भन्दा बढी समय देखि वैदेशिक रोजगारीको सिलसिलामा युएईमा कार्यरत छन | सफल मोडल दुर्गा क्षेत्रीको प्रेरणाले यो क्षेत्रमा पाइला टेकेकी उर्मिला आफ्ना जीवन साथी दिपकको सहयोगलाई भुल्न सक्दिनन | युएईमा विभिन्न संघ-संस्थाका कार्यक्रमहरुमा सफल नृत्य तथा गायनमा समेत प्रस्तुती दिइसकेकी उर्मिला नृत्य भन्दा गायनमा बढी रुची रहेको बताउँछिन | ‘‘युके हङकङ कोरिया …’’ बोलको गीत नेपाली समाजको वास्तविक गीत रहेको हुँदा स्वदेश तथा विदेशमा रहने नेपाली गित, संगीतलाई माया गर्ने सबै नेपाली दर्शक तथा श्रोता लाई सुनिदिन र हेरिदिन आग्रह गरेकी मोडल उर्मिलाले म्युजिक भिडियो बाट सबैको माया पाउने कुरामा आफु आशावादी रहेको बताएकी छन | नव मोडल उर्मिला तथा दिपकलाई सफलताको शुभकामना |

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर