स्व. बुबा शंकरिलाल दाहाल र आमा नरदेवी दाहालको जेष्ठो सुपुत्र हुन् सन्त एकदेव महाराज । पानीघण्ट्टा स्थित बालसन तटमा शिवालय मन्दिरमाबसोबास गदै आएका महाराज नेपाली बाबा नामले देश विदेशमा चिरपरिचित छन् । वि.सं. २०१५ बैशाख–९ गते सोमबार बाहुनडाँगी–१ मा जन्मेका महाराजसादगी जीवन, सामाजिक सेवा समर्पण गरेको २ दशक बितेछ,समाजमा साधुप्रति बुझाइ सहित नेपाली बाबाको बारेमा पत्रकार सागर गौतमले कुराकानी गरेका छन् ।
१.तपाई घरपरिवार भएको मान्छे के का लागि एक्लै रम्दै हिड्नुहुन्छ ?
मेरो घरपरिवारमा आमा सहित २ जना छोराछोरी रहेका छन् । श्रीमती स्वर्गीय भइसकिन । मैले घरपरिवार छाडेको सन १९९५ देखि अहिले २२ वर्ष भएछ । बेलाबेलामा आमा भेट्न बाहुनडाँगी पुग्ने गरेको छु । छोरा छोरीले आ–आफ्नो गरी खाँदै आएका छन् । छोराछोरी बेलाबेला भेट्न मलाई पानीघट्टा आउने गर्छन् । खान नपाएर पैसा कमाउने उदेश्यले साधु भएको पटक्कै होइन ।
कसैले यसो गर्दिन होस् भन्ने अनुरोधका साथ विश्वास पूर्वक आयो भने उपकार गर्छु । म सेवा गर्दा आफूले चलाउने मन्त्र प्रयोग गर्दिन भित्र अन्तर मनबाट आएको मन्त्र प्रयोग गर्ने गर्छु । जन्मदेखि नै एक प्रकारको शक्ति आएको परिवारजनले कुरा गर्नुहुन्थ्यो । १२ वर्षको उमेरदेखि नै मलाई एकखालको शक्ति एकाएक बढेर गयो । आउने जाने मान्छे गाउँलेको भविष्यवाणी बाल्यावस्थादेखि नै म गर्ने गर्थे । यो केटाले यसो भन्थ्यो, हेराउने मान्छेले पुग्यो भन्थे । सन १९९२ मा भारतको आन्द्र प्रदेषमा तीन वर्ष दियो बालेर विताएँ । यो शक्तिले झनै चमक बढे जस्तो महशुस मलाई हुन थाल्यो । सो बेला मलाई शरिरमा शक्ति आँउदा मानिस पटक्कै नदेख्ने जनावर मात्र देख्ने गर्थे ।
सन १९९५ चैत्रमा जब म ३८ वर्षको थिए । एकाएक अचेत अवस्थामा इलाम स्थित माइपोखरीको पानीमा फ्याक्दा मात्र थाहा पाए । पानीबाट निस्कदा ९ वटा कुनामा दियो बलेको देखे । सो स्थानमा ओडार पनि थियो । माइपोखरीमा हुँदा जतिबेला पनि आकाश हेर्दा पनि तारा वरिपरी जमिनमा हेर्दा पनि तारा देख्थे । सो वेला आहारको रुपमा एउटा अम्मक खान्थे । केरा आफैं जुट्ने गथ्यो । म २९ दिन माइपोखरीमा बसेछु पछि साथीहरुले भन्नुभयो ।केही वर्ष पछि म तपश्या गरेको स्थान माइपोखरीमा पुगे । मेरो तस्वीर लिन खोज्दा तस्वीर क्यामेराले कैद गरेन । भारतको आन्द्र प्रदेषबाट उडीसा हुदै करिब १३ वर्ष काँचो करेला,फलफूल खाँदै तपश्या गरे । उडिसाकोबर्मापुर,पुरुषोत्तमपुर,इच्छापुर,झासगोडा,समलपुर जंगलभित्र बसँे । यी ठाउँको घना जंगलको बिच भागमा मन्दिर थिए त्यही मेरो बसोबास हुने गथ्र्याे ।
२. तपाईको तपश्या अनि साधनाले के पाउनु भयो ?
म भित्रको आत्मशक्ति बोल्छ । त्यो मलाई समेत अचम्म लाग्ने गर्छ । सन २००१ मा मेरो जीवनमा प्रत्यक्ष घटना समेत भएको छ । उडिसा झासघोडामा विहानीपख ८ बजेतिर अत्यन्तै भोक लाग्न खोज्दा ९ जना केटी आएर बोल्न खोजे । म सो समयमा तपश्या गरिरहेको थिए । जब उनीहरु मेरो नजिक आए तब उनीहरुलाई ११ रुपैंयाको दरले दान गरे । कता जाने भनी सोधेँ, उनीहरुले खेल्न जाने भने छेउको बरको फेदमा पुगेपछि एकाएक हराए ।
त्यस्तै अर्को घटना म जंगलमा सुतिरहेको थिए । रातीको ११ बजेको समयमा दुईसाइटमा सर्प सहित आँखा अगाडीको रुखमा सेतो प्रकृतिको भ्यागुतो रहेको थियो । त्यस्ता घटना थुप्रै भएका छन् । साधना गदै जान्छु शिक्षा आएको पालना गदै जान्छु । म पनि नोकर त हुँ । भगवानले खटाएको काम लगनशील भएर दृढतापूर्वक अरुलाई उपकार गर्छु । मलाई निन्द्रा पनि मेरो उमेर अनुसारको लाग्दैन,भोक पनि खासै लाग्दैन ।
३ पारिवारिक जिम्मेवारी समालिसकेको मान्छे तपाई अहिलेको जीवन र पारिवारिक जीवनमा कुन आनन्द रहेछ ?
मेरो परिवारमा माइलो भाइ पनि साधु नै छन् । छोरा छोरी बेलाबेला मलाई भेट्न मन्दिरमा आउने गर्छन । भाइसँग आमा बस्नुहुन्छ । पारिवारिक जिम्मेवारीको अनुभव कथा व्यथा मलाई राम्रो थाहा छ । गाँउघरमा सानै उमेरदेखि नै बाबा भनेर बोलाउँथे । अहिले महाराज नेपाली बाबा भनेर बोलाँउदा बेग्लै आन्नद लाग्छ ।
४. साधुसन्त लाई वर्तमानको समाजले ढगी खाने पेशाको रुपमा चित्रण गर्छन नि ?
साधुको भेषमा बाल्टिनमा तुलसी राख्ने,गाँजा हाल्ने साधु अनि पेस्तोल राख्ने भेषधारण गरि हिड्ने साधुले समाजमा सेवा गरि हिड्ने साधुको बन्दाम गरे, गदै छन् । साधुले भिक्षा लिँदा ५देखि ८ घरसम्म भिक्षा लिनुपर्ने हो । श्रद्धापूर्वक दिएको भिक्षा सबैभन्दा ठूलो हुन्छ ।
५. ढगी खाने साधु र उपकार गदै हिड्ने साधु यो समाजले कसरी चिन्ने ?
उपकार गर्ने साधुको उसको आवाजले बुझिन्छ । उसको इशाराले थाहा हुन्छ । ढग्ने साधुको हरेक कुरामा घमण्ड देखिन्छ । शुद्ध पवित्र मन भएको साधुले वृद्ध केटाकेटी सबैको लागि जानेको ज्ञानले उपकार गर्छ । साधुहरुले पैसा जर्बरजस्ती माग्दै हिड्ने होइन स्वविवेकले दिएको भिक्षा मन्दिर,स्कुल लगायतका सामाजिक कार्यमा लगाउनु पर्छ ।
६. तपाईले मन्दिर निर्माण सहयोगमा धेरै स्थानमा योगदान दिएको चर्चा छ कहाँ कहाँ गरिसक्नु भयो ?
मसँग समस्या परेर आउने बिरामीलाई पैसा लिने गर्दिन । निस्वार्थ भावनाले सहयोग गर्छु । बिरामी ठिक भएपछि पैसा दिने मन गर्नुहुन्छ । कति दिनुपर्छ भन्नुहुन्छ,मैले यथासक्दो रकम दिने मन भए पानीघट्टामा रहेको मन्दिरको दानपेटिकामा रकम दिनुभन्छु । श्रद्धाले दिएको रकम लिने गरेको छु । भगवानको नाम बेचेको हुँनाले भगवानकै पवित्र स्थलमा लगानी गर्ने मैले सोचाई बनाएको हुँ । अहिलेसम्म आफूले सोचे जस्तो भगवानले कार्य गरेको हुनुहुन्छ । त्यसैले म मार्फत आएको सो रकम मन्दिर र स्कुल निर्माणका लागि सबै रकम लगानी गदै आएको छु, लगानी गदै जाने छु ।
नेपालको माइगायत्री मन्दिर, अर्जुनधारामा रहेको शिवपाञ्चायन मन्दिर,बाहुनडाँगीमा रहेको भोरलेनीशिद्धेश्वर मन्दिर,गणेश मन्दिर,शिवदात्री मन्दिर,सिंहबाहनी मन्दिर,रामजानकी मन्दिर, कृष्ण थुम्की बाहुनडाँगीको शिव मन्दिर, भारतको पानीघट्टामा रहेको शिवमन्दिर–१,दुर्गा मन्दिरؘ–२, इलाम मंङ्लबारे नयाँ बजार शिवालय सहित दक्षिण भारत स्थित तामिलनाडुमा रहेको गणेश मन्दिर,आन्द्र प्रदेषमा गणेश मन्दिर,काकीनडाँडामा कालीका मन्दिर शक्तिपिठमा, उडिसाको पुरुषोत्तमपुरमा शिवमन्दिर,कालिका मन्दिर,बर्मापुरमा तारातारणी मन्दिरमा सहित २१ स्थानमा सहयोग गर्ने मौका पाएको छु ।
७. बाँकी जीवन कसरी बिताउने सोच,विचार गर्नुभएको छ ?
अरुलाई सहयोग गरेर बाँच्छु । त्यसभित्र विद्याको साधना गर्नेछु । देवीमाताले कसरी मलाई जीवनयापन गराउनुहुन्छ त्यो भगवान भरोसाको कुरा भयो । भगवती,शिवजीको शक्तिकाली,शिवजी, पितृको आर्शिवादले भविष्यवाणी गरेको पुग्दै आएको छ । हुनत मैले एउटा फूल घुमाउँछु धेरै जान्ने हो भन्ने मलाई लाग्दैन तर पुग्दै आएको छ ।
८. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
जसरी तपाई काम गर्नुहुन्छ,विचार पनि शुद्ध र सकरात्मक राख्नुहोस । फूलको् कोपिला शुद्ध भएर फक्रिने गर्दछ । नेताहरु जनताप्रति अत्यन्तै उत्तरदायी बन्न सक्नु पर्छ । यहि धर्तीको उत्पादन भएको अन्न खाएर देशलाई बदनाम गर्दा नेताहरुलाई नराम्रो दण्ड लाग्छ । त्यसैले हामी सबै मिलेर हिन्दू राष्ट्रनेपाल बनाउनु पर्छ ।