Aamsanchar

माइभ्याली गोल्डकप फुटबल आजदेखि

Author Image
बिहिवार, चैत १७, २०७३

इलाम, 

माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण बिहीबारदेखि इलाममा सुरु हुँदैछ । इलामको ठूलो टुँडिखेलमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार आयोजक माइभ्याली फुटबल क्लब इलाम र विभागीय टिम नेपाल पुलिस क्लब काठमाडौं खेल्दैछन् ।

प्रतियोगिताको उपाधि विजेताले नगद चार लाख रुपैयाँ तथा उपविजेताले नगद साढे दुई लाख रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीलाई १ सय ५० सिसिको यमाहा मोटरसाइकल एवं सर्वाधिक गोलकर्तालाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्नुका साथै हरेक दिनको म्यान अफ दि म्याचलाई नगद ७ हजार रुपैयाँ प्रदान गरिने जिल्ला फुटबल संघ इलामका अध्यक्ष निरोज खड्कीले बताउनुभयो । यस प्रतियोगितामा नेपाल र भारतका गरी १० टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर