Aamsanchar

सरकारकै सेटिङमा नेपाली महिलाहरु बेचिन बाध्य

Author Image
बिहिवार, चैत १७, २०७३

काठमाडौं :

खाडी मुलुक गएका नेपाली कामदारको ठगीमा श्रम मन्त्रालय नै संलग्न रहेको पाइएको छ। खाडी मुलुकमा रहेका नेपाली कामदारहरुको अवस्था बुझ्न गएको संसदीय टोलीले नेपाली कामदार सरकारबाटै ठगिएको पाइएको जनाएको हो।

व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साह नेतृत्वको टोलीले साउदी अरव, कतार, कुवेत र यूएईमा कार्यरत नेपालीहरुको अवस्था स्थलगत रुपमा बुझ्दा सरकार आफैं ठगीमा संलग्न रहेको पाइएको जनाएको छ। समितिको बिहीबार बसेको बैठकमा बोल्दै सभापति साहले फ्रि भिसा र टिकट दिएर नेपाली कामदारलाई खाडी मुलुक पठाउने श्रम मन्त्रालय आफैले श्रमिकमाथि ठगी गर्नु आपत्तिजनक भएको भन्दै दोषीमाथि कडा कार्वाही गर्नुपर्ने उल्लेख गरे।

उनले फ्रि भिसा र फ्रि टिकटको नाममा खाडी मुलुकमा गएका सबै कामदारहरुबाट श्रम मन्त्रालयकै संरक्षणमा ७० हजार देखि २ लाख रुपैयाँसम्म रकम असुली गरेको पीडितहरु आफैंले जानकारी दिएको पनि स्पष्ट पारे। संसदीय टोलीले यसअघि नै नेपाली कामदार दोहोरो श्रम सम्झौताको मारमा परेको, सरकारकै सेटिङमा नेपाली महिलाहरु बेचिन बाध्य भएको तथ्यांक पनि पेश गरेको थियो।

समितिले खाडी मुलुकमा नेपाली कामदारलाई सरकार आफैले पीडा दिएको विवरणसहितको प्रतिवेदन तयार पारी सो सम्बन्धमा सरकारलाई आवश्यक निर्देशन दिने तयारी पनि गरेको छ। संसदीय समितिले विदेशमा गएका नेपाली कामदारहरुको उचित व्यवस्था गर्न सरकारलाई सचेत गराउँदै आएको छ।थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर