Aamsanchar

आशिष स्मृति पुरस्कार सीतालाई

Author Image
बिहिवार, चैत १७, २०७३

इलाम।

नेपाल पत्रकार महासङ्घ इलाम शाखाले प्रत्येक वर्ष वैशाख १ गतेका दिन प्रदान गर्दै आएको आशिष स्मृति पत्रकारिता पुरस्कार यसपटक ताप्लेजुङकी पत्रकार सीता निरौलालाई प्रदान गर्ने भएको छ ।
मेची अञ्चलका एक उत्कृष्ट पत्रकारलाई प्रदान गरिँदै आएको सो पुरस्कारबाट पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील सीतालाई दिने निर्णय गरिएको महासङ्घ इलाम शाखाकी अध्यक्ष कोकिला ढकालले बताउनुभयो ।

सीता बिबिसी र अन्नपूर्ण पोष्ट दैनिक ताप्लेजुङकी संवाददाताका हुनुहुन्छ । विगतमा पाँच हजार पुरस्कार प्रदान गरिँदै आएको सो पुरस्कारको रकम यो वर्षबाट वृद्धि गरेर रु १० हजार बनाइएको शाखा अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
२०५९ साल वैशाख १ गते दुर्घटनामा परी मृत्यु भएका इलामका पत्रकार स्वर्गीय आशिष राईको स्मृतिमा नेपाल पत्रकार महासङ्घ इलाम शाखाले पुरस्कारको स्थापना गरेको हो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर