Aamsanchar

कोरियन भाषा परीक्षाको आवदेन दिँदा विवरण गल्ती भएकाे भए ६ दिन भित्रमा सच्याउन पाइने

Author Image
शुक्रवार, चैत १८, २०७३

काठमाडौं,

कोरियन भाषा परीक्षाका लागि आवेदन दिँदा पासपोर्ट नम्बर, नाम, ठेगाना, फोटो लगायत विवरण गल्ती भएको भए सच्याउन पाइने भएको छ ।

यसका लागि ६ दिनको म्याद तोकिएको छ । चैत २० गतेदेखि २५ गतेसम्मका लागि आवेदकले आफूले चाहेको काम गर्न भरेको ‘सेक्टर’  (उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्र) बाहेक अन्य विवरण गल्ती भएको भए सच्याउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ ।

आवेदकले तोकिएको समयमा गल्ती सच्याउँदा विवरण रुजु गरेर हेर्न सक्ने शाखाका अधिकृत शोभाकर भण्डारीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)