Aamsanchar

प्रहरी चौकी निर्माण गर्न निःशुल्क जग्गा प्रदान

Author Image
शुक्रवार, चैत १८, २०७३

सोलुखुम्बु ।

सोलु दूधकुण्ड नगरपालिका–१ स्थित टाक्सिन्दुमा प्रहरी चौकी निर्माणका लागि एक स्थानीयले करिब रु नौ लाख मूल्य बराबरको तीन रोपनी जग्गा निःशुल्क प्रदान गरेको छ ।

स्थानीय पासाङ ग्याल्जेन शेर्पाले प्रहरी चौकी निर्माणका लागि सो जग्गा निःशुल्क प्रदान गरेको हो । प्रदान गरिएको सो जग्गा बिहीबार नै जिल्ला मालपोत कार्यालय सोलुुखुम्बुबाट प्रहरी चौकी टाक्सिन्दुको नाममा रजिस्ट्रेसन पास गरिएको शेर्पाले बताउनुभयो ।

प्रहरी चौकीको भवन निर्माणका लागि जग्गा नहुँदा समस्या भएपछि आफूले सो जग्गा निःशुल्क उपलब्ध गराएको उहाँले बताउनुभयो ।

अब प्रहरी चौकीको नाममा जग्गा प्राप्त भएको छ, जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका प्रमुख माधवप्रसाद बुढाथोकीले जग्गा प्राप्त भएपछि भवन निर्माणका लागि बजेट खोज्न सहज हुने जानकारी दिनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१