Aamsanchar

नेपालबारे भारतीय राजदूतको ‘खतरनाक मिसन’को भारतबाटै भयो पर्दाफास !

Author Image
शनिवार, चैत १९, २०७३

काठमाडौं।

नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिभसिंह पुरीको गोप्य योजनाको खुलासा भएको छ ।

नेपाल आएर कार्यभार सम्हालेको एक हप्ता नवित्दै उनलाई भारतले महत्वपूर्ण ‘मिसन’ पूरा गर्न खटाएको पोख खुलेको हो । त्यो मिसन हो- हिन्दू राष्ट्र ।

भारतीय प्रोफेसर एवं नेपाल मामिलाका जानकार डा. एस.डी मुनीले नेपालका लागि नवनियुक्त भारतीय राजदूत पुरीले हिन्दू राष्ट्र पुनः स्थापना गर्नेबारे नेपालमा खुलेरै लबिङ गरिरहेको खुलासा गरेका हुन् ।

सामाजिक सञ्जाल ट्वीटर उनले लेखेका छन्– ‘भारतीय राजदूत पुरीले नेपालमा हिन्दू राष्ट्रको वकालत गरिरहेको रिपोर्ट आएको छ । त्यो भारत र नेपालको संविधान विपरित छ । यो विजेपीको लाइन हो, भारतको होइन् ।’

Indian Envoy Puri’s reported support for Hindu State in Nepal is contrary to Indian & Nepali Constitutions. It’s a BJP’s, not India’s line.

 

पुरीले मंगलबार राप्रपा अध्यक्ष रहेका उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापासँग भेट गरेर हिन्दू राज्य र राजसंस्थाका बारेमा गम्भिर चासो राखेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा रहेको सन्देश उनले थापालाई सुनाएका थिए ।

यसअघि पुरीले नेपाल सरकारले आफै बनाउने निर्णय गरिसकेको फास्ट ट्रयाक परियोजना बनाउन अझै भारत इच्छुक रहेको र त्यसमा आफ्नो उपस्थिती खोजिरहेको बताएका थिए ।-दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)