Aamsanchar

झापालीले वुझाएनन् हतियार

Author Image
शनिवार, चैत १९, २०७३

बिर्तामोड।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय झापाले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरे पनि झापाबासीले प्रशासनको आग्रहलाई बेवास्ता गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक सूचना जारी गर्दै इजाजत प्राप्त हतियार इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई बुझाउन आग्रह गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले आसन्न स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरण सम्पन्न गर्न   झापाबासीलाई  आग्रह गर्दै निर्वाचनको अवधिभर मदिराजन्य पदार्थको बिक्री–वितरणमा समेत रोक लगाउने बताएका थिए ।
तर, झापाबासीले प्रशासनको आग्रहलाई बेवास्ता गरेको सहायक जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए । उनले भने– ‘हामीले चुनावलाई लक्षित गर्दै दर्तावाला हतियार बुझाउन भनेका थियौं अहिलेसम्म कसैले पनि हतियार बुझाएका छैनन् ।’
जिल्ला प्रशासनको तथ्यांक अनुसा र झापामा एक हजार एक सय छ वटा हतियार व्यक्ति र संस्थासँग रहेका छन् । सबै हतियारलाई जिल्ला प्रशासनले बुझाउन आग्रह गरे पनि उनीहरुले नबुझाएको सहायक प्रजिअ निरौलाले बताए ।
एक महिनासम्म हतियार बुझाउन सकिने बताउँदै प्रमुख जिल्ला अधिकारी खत्रीले भने– ‘रेकर्ड हामीसँग छ, हामी अहिले पहिलो चरणमा छौं । मलाई आशा छ उहाँहरुले हतियार बुझाउनुहुन्छ ।’

Views: 134

प्रतिक्रिया (०)