Aamsanchar

कनकाईमा कर प्रशिक्षण

Author Image
शनिवार, चैत १९, २०७३

सुरुङ्गा।

कनकाई उद्योग वाणिज्य संघको आयोजनामा एक दिने कर प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
संघद्वारा सञ्चालित कनकाई अतिथि सदनमा व्यापारी व्यवसायीलाई कर सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण दिइएको हो । संघभित्र समेटिएका सुरुङ्गा, लक्ष्मीपुर, दुर्गापुर, घैलाडुब्बा, शरणामती, टाघनडुब्बा लगायतका स्थानका १ सय १० व्यवसायीको सहभागिता रहेको उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यालय चन्द्रगढीका प्रमुख कर अधिकृत निर्मल ढकाल, कर अधिकृत श्याम आचार्य र नायब सुब्बा विकास दाहाल लगायतले प्रशिक्षण दिएका थिए ।

प्रमुख अतिथि समेत रहेका ढकालले कर तिर्नु नागरिकको कर्तव्य रहेको बताए । नेपालको कर प्रणाली, कर सम्बन्धी कानुनहरु र करदाताको दायित्व बारेमा प्रशिक्षण केन्द्रित रहेको थियो ।

कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघका उपाध्यक्ष एवम् उक्त कार्यक्रमका संयोजक कृष्णप्रसाद चुडालले कार्यक्रमको औचित्यसहित स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा कनकाई नगरपालिकाका लेखा अधिकृत तेजबहादुर आचार्यले कनकाई नगरपालिकाभित्र रहेका व्यवसायीलाई नगरपालिकामा आफ्ना फर्म तथा पसललाई दर्ता गर्न आव्हान गरे । प्

रशिक्षण कार्यक्रममा मनोज प्रसाई, विश्वविजय खरेल, ख्यामप्रसाद ओली लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रमको सञ्चालन संघका महासचिव सोमनाथ उप्रेतीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर