Aamsanchar

मन्दिरको पुनःनिर्माण गर्न पुराण

Author Image
शनिवार, चैत १९, २०७३

गोलधाप ।

पुराण लगाएरै विद्यालय,क्याम्पस र मठमन्दिर स्थापना गरेका गोलधापवासीहरु यतिखेर अर्काे विकास निर्माणमा जुटेका छन् ।
पछिल्लो समय उनीहरु गोलधाप ३ स्थित गजकाली देवी मन्दिरको पुनरनिर्माणमा लागेका छन् । यस अघि धेरै मठमन्दिर बनाईसकेका उनीहरुले गजकाली देवी मन्दिरको पुनरनिर्माण गर्न पुराणकै सहारा लिएका छन् ।

चार कठ्ठा जग्गामा गजकाली देवीको मन्दिर पुनरनिर्माण,शिवालय मन्दिरको स्थापना , मन्दिर परिसरको घेरावारा ,साधुसन्त तथा पुजारी विश्राम गृह निर्माण गर्ने उधेश्यले आजदेखि  साताब्यापी श्रीमद् भागवत महापुराण तथा धान्याञ्चल ज्ञान महायज्ञ आयोजना गरिएको छ ।

समाजसेवी मदन थपलियाले उद्घाटन गर्नु भएको पुराणलाई पूर्व गाविस अध्यक्ष त्रिलोचन मैनाली, जागृति क्याम्पसका प्रमुख हरि संग्रौला,ओमकारेश्वर विद्यापीठका अध्यक्ष यज्ञराज पकुवाल,स्थानीय ब्यक्तित्वहरु दिलकेशर थापा, त्रिलोचन सापकोटा, रविन्द्र लिङदेन लगायतले सहयोग गर्ने बताउनु भयो ।
विकास निर्माणका लागि गोलधापका सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु एक भएर लाग्ने गरेको पुराण मूल आयोजक समितिका अध्यक्ष टंकिनाथ योङयाले बताउनु भयो । उहाले पुराणबाट १५ लाख रुपैया संकलन गर्ने लक्ष्य राखिएको जानकारी दिनु भयो ।

यसअघि गोलधापवासीहरुले पुराणबाट ५७ लाख रुपैया संकलन गरी जागृति क्याम्पस स्थापना गरेका थिए । त्यस्तै ओमकारेश्वर विद्यापीठ ,सिंहबाहिनी मन्दिरको भौतिक निर्माण पनि पुराण लगाएरै गरेका थिए ।

Views: 182

प्रतिक्रिया (०)