बुधबारे ।

युवाहरुको एक भेलाले सञ्चारकर्मी अनिल वाग्लेको अध्यक्षतामा शनिबार बुद्धशान्ति युवा समाजको गठन गरेको छ । युवाहरुको नेतृत्व क्षमता विकास गर्दै युवाद्वारा समाज विकासका गतिविधि गर्ने उद्धेश्यले सो समिति गठन गरिएको हो ।

बुद्धशान्ति १ भोटेटारमा पाथिभरा महिला सामुदायिक नागरिक सचेतना केन्द्रकी अध्यक्ष यमुना चापागाईंको अध्यक्षतामा बसेको बैठकले उपाध्यक्षमा शान्ता शंकर, सचिवमा चन्द्रकान्त वाग्ले , सहसचिवमा सुशिल कार्कीडोली र कोषाध्यक्षमा एलिना ढुंगेललाई सर्वसम्मत चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा विभिषण वाग्ले,लेखनाथ खतिवडा, शितल तिम्सिना, मिलन चापागाईं, पूर्णिमा खाती र रविका गौतम रहेका छन् । समाजले युवा लक्षित कार्यक्रम, नेतृत्व र व्यक्तित्व विकासका कार्यक्रम, वातावरण, स्वास्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा कार्य गर्नेछ ।

Views: 179

