Aamsanchar

प्रतिष्ठानले सामाजिक क्षेत्रमा कार्य गर्ने

Author Image
शनिवार, चैत १९, २०७३

बुधबारे ।

स्व. जीवनकुमार श्रेष्ठ र स्व.विद्यादेवी श्रेष्ठको स्मृतिमा गठन गरिएको जीवन विद्या स्मृति प्रतिष्ठानले अव सामाजिक क्षेत्रमा कार्य गर्ने भएको छ ।

प्रतिष्ठानका अध्यक्ष निशा श्रेष्ठको अध्यक्षतामा विर्तामोडमा बसेको बैठकले युवा वर्गमा सचेतना फैलाउने, विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, अनाथ–असहाय, वृद्धवृद्धालाई सहयोग गर्ने निर्णय    गरेको छ ।

साथै बैठकले दलित, जनजाती, आदीवासी समुदायलाई शिपमूलक तालिम दिने, वातावरण संरक्षण, घरेलु हिंसा न्युनिकरणका विषयमा कार्य गर्ने सचिव सूर्य ढुंगानाले जनाएका छन् । प्रतिष्ठानको संरक्षकमा निरज श्रेष्ठ रहेका छन् ।

Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर