Aamsanchar

२५ वर्ष पछि हराएकी कल्पनाको कोलकत्ता बाट उद्धार

Author Image
शनिवार, चैत १९, २०७३

काँकरभिट्टा,

परिवार सँग बिछोड भई २५ वर्ष अघि बाट हराएकी एक चेलिको भारतको कोलकत्ता बाट उद्धार गरिएको छ ।
सप्तरी जिल्ला फतेपुर मा जन्मिएकी कल्पना बिष्ठ लाई कोलकत्ताको एक मानसिक अस्पतालबाट घर फकाईएको छ । सानै उमेरमा आमाले लिएर हिडेपछि सम्पर्क बिहिन भएकी कल्पनालाई उनकी आमाले उनको मावलीघरबाट सिक्किम निवासी गोबिन कार्की सँग नौ वर्ष अघि बिबाह गराई दिएकी थिइन्। विवाह भएको १ वर्ष पछि एक छोरा भएको केही वर्ष पछि घरयासी झगडाले उनले घर छोड्न बाध्य भईन् ।
एकासी उनको मानसिक समस्याले उनलाई सडकमा पुर्याएको थियो । सडकमा मानसिक सन्तुलन गुमाएकी कल्पनाको प्रहरीले अञ्जली मानसिक अस्पतालमा पुराएको थियो । १६ महिना अघि सो अस्पतालमा भर्ना भएकी कल्पनाको उपचार भए सँगै सो अस्पतालले नेपालमा महिला बालबालिका उद्धारको क्षेत्रमा कार्यरत विश्व सेवा बिस्तार संस्थालाई उनको परिवार खोजी दिन आग्रह गरेको थियो । सस्थाले कल्पनाको दाजु चन्द्र बहादुर विष्ट र सस्थाका कर्मचारी डिबि राना सहितको टोली एक साता अघि कोलकत्ता पठाएको थियो ।
सो टोलीले त्यस अस्पतालमा रहेकी कल्पनाको सम्पूर्ण कागजी प्रक्रिया पुरा गरी शनिवार नेपाल फकाएर प्रहरीको सहयोगमा परिवारको जिम्मा लगाएको छ ।इलाका प्रहरी कार्यालय काँकरभिट्टामा डिएसपी दुर्गा राज रेग्मी,सस्थाकी शाखा ईन्चार्ज मुना आचार्य,सामुदायिक सेवा केन्द्रका अध्यक्ष बुद्धिनाथ पौडेल,लगायतको उपस्थितिका बिच कल्पनालाई परिवारको जिम्मा लगाइएको छ ।

उता सो अस्पतालले यस्ता मानसिक रोग सम्बन्धी समस्या भएका नेपाल तथा भारतका २ सय ७० भन्दा बढी बिरामीको उपचार गरिराखेको अस्पताल स्रोतको भनाई रहेको छ ।

Views: 158

प्रतिक्रिया (०)