Aamsanchar

सहारा साकोसद्वारा एकसाथ १६४ जना सम्मानित र पुरस्कृत

Author Image
सोमवार, चैत २१, २०७३

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २१ औ स्थापना दिबशको शन्दर्भ पारेर बिभिन्न क्षेत्रमा योगदान पुर्याउने १६४ जना  शेयर सदस्यहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ ।
संस्थाका अध्यक्ष ताराप्रसाद संजेलको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाको बिकास र पहिचान स्थापित गर्न योगदान पुर्याउनुका साथै संचार माध्यमबाट संस्थाको उन्नती र प्रचार प्रसारमा सहयोग गर्ने शेयर सदस्य पत्रकार तीर्थ सिग्देललाई ११ हजार रुपैया नगद सहित सम्मानित गरियो ।  पुरस्कार कार्यक्रमका प्रमुख अतिथी झापा जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख दुर्गाप्रसाद न्यौपानेले प्रदान गर्नुभयो ।


सो अबसरमा संस्थाले १४ जना उत्कृष्ट बचतकर्ता, १२ जना उत्कृष्ट ऋणि, ज्येष्ठ शेयर सदस्य खड्गबहादुर पुरी, असल छोरी बुहारी पुरस्कारबाट गरामनी ९ की देबका भट्टराई, शिबसताक्षी ९ की भूमिका भट्टराई, कनकाई नगरपालिका ९ की रचना प्रसाई, बिर्तामोड २ की बिष्णुमाया खरेललाई पुरस्कृत गरियो । त्यसैगरि संस्थाले प्रबर्धन गरेका सहकारी संस्थालाई सहयोग गर्ने कार्यक्रम अन्तरगत बिर्तामोड २ को बिबेकशील महिला कृषि सहकारी संस्था, शिब सताक्षी ७ को सतासी महिला मौरी पालन सहकारी संस्था, कनकाइ ४ को अग्रसर महिला कृषि सहकारी संस्था, कनकाई ९ को नारी चेतना महिला कृषि सहकारी र हल्दिबारी १ को गोलधाप महिला कृषि सहकारी संस्थालाई १ लाखका दरले रकम प्रदान गरिएको थियो ।

 


त्यस्तै संस्थाका शेयर सदस्य मध्ये ७० बर्ष पूरा गरिसकेका १० जनालाई भत्ता स्वरुप बार्षिक ७ हजार रुपैया बितरण गरिएको संस्थाका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले बताउनुभयो । सो अबसरमा एमबिबिएस अध्ययनरत शेयर सदस्यका सन्ततीलाई ५० हजार रुपैया प्रदान गरिएको थियो ।सो रकम बिर्तामोड २ का नानुदेबि भट्टराई(बस्नेत) की छोरी अल्का बस्नेतले प्राप्त गरेकी थिइन् । कार्यक्रममा ११६ जना प्राबिधिक शिक्षा अध्ययनरत शेयर सदस्यका छोरा छोरीलाई १५ हजारका दरले रकम प्रदान गरिएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथी न्यौपाने, बिशेष अतिथी झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, संस्थाका प्रमुख कार्यकारी निर्देशक गिरीले सहारा नेपाल साकोसले मुलुकको सहकारी क्षेत्रको बिकास र बिस्तारमा पुर्याएको योगदानको चर्चा गरेका थिए । कार्यक्रमको संचालन संस्थाका कार्य समिती सदस्य शुक्रबहादुर तामाङ र कार्य समिती सदस्य चित्रकला ओलीले गर्नु भएको थियो भने स्वागत मन्तब्य संस्थाका बरिष्ठ अपाध्यक्ष हरिप्रसाद निरौलाले गर्नुभएको थियो ।

कार्यक्रम शूरु हुनु अघि दूधे सेवा केन्द्रमा आबद्ध शेयर सदस्य र अन्य क्षेत्रका सदस्यहरुको एक र्यालीले दूधे नगर परिक्रमा गरेको थियो । कार्यक्रममा ५ सय भन्दा बढी सदस्यको उपस्थिती रहेको संस्थाका उप निर्देशक लक्ष्मण खतिबडाले जानकारी दिनुभयो ।

Views: 213

प्रतिक्रिया (०)