बिर्तामोड । बिर्तामोडस्थित फास्ट ट्रयाक एजुकेशन कन्सलटेन्सीले उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीका लागि सोमबार एक दिने निःशुल्क सेमिनार सम्पन्न गरेको छ ।
सेमिनारमा ४० जना विद्यार्थीले सहभागिता जनाएको फास्ट ट्रयाकका बिर्तामोड शाखा प्रमुख राजकुमार कार्कीले बताए । सेमिनारमा बिर्तामोड, दमक, धुलाबारी भद्रपुर लगायत स्थानबाट विद्यार्थी आएको कार्कीले जानकारी दिए । भद्रपुर रोडस्थित फास्ट ट्रयाकको हलमा सम्प
न्न सेमिनारमा जापानको फुकुओका सहरस्थित क्युसु इसु कलेजका इन्टरनेशनल मार्केटिङ मेनेजर अर्जुन पुन मगरले परामर्श दिएका हुन् ।
सेमिनारमा उनले विद्यार्थीलाई क्युसु इसु कलेजका बारेमा जानकारी दिएको बताइएको छ । साथै जापानमा नेपाली विद्यार्थीको भविष्य, त्यहाँको भाषा र संस्कृतिबारे उनले स्पष्ट पारेको सेमिनारमा सहभागी विद्यार्थीले बताए । सेमिनारमा काठमाडौँबाट फास्ट ट्रयाकका प्रवन्धक खड्ग ताम्लिङसमेत आएका थिए । ताम्लिङ ईक्यानका कोषाध्यक्षसमेत हुन् ।
उच्च शिक्षा अध्ययन गर्न जापान जान चाहने विद्यार्थीलाई उचित शैक्षिक परामर्श दिँदै आएको फास्ट ट्रयाकले केही महिनायता अन्य देशका लागि पनि सेवा सुरु गरेको छ । फास्ट ट्रयाकले जापानसहित अष्ट्रेलिया, युएसए र न्यूजिल्याण्डका लागि परामर्श दिँदै आएको छ ।


