Aamsanchar

आगलागीबाट ३५ लाख बढीको क्षति

Author Image
बुधवार, चैत २३, २०७३

झापा।

झापाको मेचीनगर नगरपालिका १ बस्ने  पदम चौलागाईको २ तले घरमा मंगलबार आगलागी भएको छ।

बेलुका ९ बजेतिर विधुत सर्ट भइ अचानक लागेको आगोले उनको घर तथा घर भित्र भएको नगद ७ लाख  १० तोला सुन, कम्प्युटर लागएत सम्पूर्ण समान समेत जल्दा अन्दाजी ३५ लाख बराबरको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी चौकी बाहुनडँगीबाट खटिएको प्रहरीको टोली स्थानिय मानिस र दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यता मोरङको ग्रामथन गाँउपालिका-६ बस्ने शुक्रतिया सरदारको  घरमा समेत मंगलबार आगलागी भएको छ।

अपरान्ह ३ बजेतिर भान्साकोठाबाट सल्किएको आगोले उनको घर तथा घर भित्र भएको सम्पूर्ण समान समेत जल्दा अन्दाजी १ लाख बराबरको क्षति भएको बताइएको छ।आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरैचाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर