Aamsanchar

विकासका लागि राजनीति स्वार्थभन्दा माथि उठौँ – राष्ट्रपति भण्डारी

Author Image
बुधवार, चैत २३, २०७३

उदयपुर ।

राष्ट्रपति विद्यादेवी भण्डारीले अब नेपालका राजनीतिक दलहरूले देश निर्माण र विकासका लागि राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्ने बेला आएको धारणा व्यक्त गर्नुभएको छ ।

उदयपुर र सुनसरी क्षेत्रमा सप्तकोसी र त्रियुगा नदीको कटानको अवलोकन गर्दै उदयपुरको चौदण्डी गढी नगरपालिका–५ सिवाई सुन्दरपुरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भन्नुभयो,“अहिले देशका राजनीतिक दलहरू फुटेर होइन जुटेर र राजनीतिक स्वार्थभन्दा पनि माथि उठेर देश निर्माण र विकासमा लाग्ने बेला आएको छ ।”

उहाँले त्रियुगा नदीले उदयपुरको त्रियुगा क्षेत्रमा झण्डै तीन हजार बिघाभन्दा बढी जमिन कटान गरेका कारण यसको नियन्त्रणमा आफ्नो तर्फबाट पहल र भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा जल उत्पन्न प्रकोप क्षेत्रीय डिभिजन कार्यालय जनकपुरका प्रमुख रामनरेश मण्डलले अहिले उदयपुरमा त्रियुगा नदीको कटानको क्षति र सप्तकोसी नदीले सुनसरीको चतरा र उदयपुर तथा सुनसरी क्षेत्रको कटानको क्षतिबारे राष्ट्र«पतिलाई जानकारी गराउनुभएको थियो ।

उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्का, उदयपुर क्षेत्र नम्बर २ का सांसद मञ्जुकुमारी चौधरीलगायतले त्रियुगा नदी कटानले पु¥याएको क्षति न्युनीकरणलागि आफूहरूले पहल गर्ने बताउनुभयो ।

राष्ट्रपतिले आमा भेटनुभयो

यसैबीच राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेसँग बुधबार भेट गर्नुभएको छ । उहाँले सुनसरीको बराह क्षेत्रस्थित आश्रममा बस्दै आउनुभएकी आमा पाण्डेसँग भेट गर्नु भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर