Aamsanchar

मधेस, महिला र युवा लक्षित मतदाता शिक्षा

Author Image
बिहिवार, चैत २४, २०७३

काठमाडौँ ।

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनका सन्दर्भमा मधेस, महिला र युवालाई बढी लक्षित गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मधेसमा निर्वाचनको वातावरण बनाउन, महिलालाई राजनीतिक मूल प्रवाहमा ल्याउन प्रोत्साहन गर्न तथा युवालाई परिपक्व नेतृत्व लिनसक्ने तुल्याउन मतदाता शिक्षा कृन्द्रित गर्न लागिएको निर्वाचन आयुक्त ईला शर्माले जानकारी दिनुभयो ।

आयोगले मधेसमा सडक नाटक (कचहरी) सञ्चालन गर्ने, नागरिक समाजलाई परिचालन गर्ने तथा महिला र युवालाई उम्मेदवार बन्न र नेतृत्व लिन सक्नेगरी मतदाता शिक्षामार्फत शिक्षित तुल्याउने उहाँले बताउनुभयो ।

अधिकार सम्पन्न नयाँ संरचनाको स्थानीय तह, ठूलो मतपत्र, धेरै राजनीतिक दल आदिका कारण मतदान गर्न अल्मलिनुपर्ने अवस्थालाई अन्त्य गर्न मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन लागिएको बताउँदै आयुक्त शर्माले सञ्चार क्षेत्र र राजनीतिक दलबाट यसमा आवश्यक सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)