Aamsanchar

बिच्छीको टोकाईबाट प्रहरी जवान घाईते

Author Image
बिहिवार, चैत २४, २०७३

झापा।

झापामा बुधबार साँझ बिच्छीको टोकाईबाट एक जना प्रहरी जवान घाईते भएका छन्।

घाईते हुनेमा प्रहरी चौकी मेचीपारी दरबन्दी भई हाल सिमा प्रहरी चौकी पृथ्बीनगरमा कार्यरत प्रहरी जवान पृत्म राई रहेका छन्। साँझ ७ बजेतिर ब्यारेकमा बसिरहेका उनलाई अचानक जंगली बिच्छीले दाहिने हातमा टोकेको थियो।

घाईते जवानलाई उपचारकालागी स्थानिय मेडिकल पृथ्विनगर  लगिएकोमा थप उपचारकालागी मेची अञ्चल अस्पताल भद्रपुर पठाईएको सिमा प्रहरी चौकी पृथ्बीनगरले जनाएको छ।

यता पथरी शनिश्चरे नगरपालिका १ मा सर्पको टोकाईबाट एक महिला घाईते भएकी छन्।  घाईते हुनेमा सोहीठाँउ बस्ने २५ बर्षिय देवी लावती रहेकी छन्। उनलाई आफ्नै घरको कोठामा सुतिरहेको अबस्थामा  अचानक करेत सर्पले डसेको थियो। घाईते महिलालाई उपचारकालागी  दमक पठाईएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ।

Views: 172

प्रतिक्रिया (०)