Aamsanchar

आइपिएलको पहिलो म्याचमा हैदरावादको शानदार जित, युवराज बने जितको नायक

Author Image
बिहिवार, चैत २४, २०७३

हैदरावाद ।

इण्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल)को दशौं संस्करण सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा युवराज सिंहको सनराईजर्स हैदरावादले विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरलाई ३५ रनले पराजित गरेको छ ।

खेलमा पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेटको नोक्सानीमा २ सय ७ रन बनायो । साविक विजेता टिमका लागि युवराज सिंहले ६२ रन तथा मोईसेस हेन्रीक्सले ५१ रनको योगदान दिए । युवराजले २३ बलमा अर्द्ध शतक प्रहार गरे । आइपिएलमा यो उनको सबैभन्दा तीव्र अर्द्ध शतक हो ।

जवाफमा २ सय ८ रनको विशाल लक्ष्य पछ्याएको बैंग्लोरले १९ ओभर ४ बलमा अलआउट हुनुपुर्व १ सय ७२ रन मात्रै जोड्न सक्यो । बैंग्लोरका लागि क्रिश गेलले ३२ रन, केदार जाधवले ३१ रन तथा ट्राभिस हेडले ३० रन जोडे ।

बलिङतर्फ हैदरावादका आशिष नेहरा, भुवनेश्वर कुमार र रसीद खानले २/२ विकेट लिए । नेहराले टि–ट्वान्टीमा सय विकेट हात पारे । उनी टि–ट्वान्टीमा सय विकेट लिने आठौं बलर हुन् । तर बायाँ हाते बलरमा भने सय विकेट लिने उनी पहिलो खेलाडी हुन् । आईपिएल क्रिकेटमा आज बेलुकी राईजीङ पुणे सुपरजायन्ट्स र मुम्बई इण्डियन्स भिड्नेछन् ।इमेजखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)