इलाम।

रमपम झापा–११ इलाममा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण टुवोर्ग माईभ्याली गोल्डकपको फाइनलमा प्रवेशका गरेको छ ।
ठूलो टँुडिखेलमा विहीवार भएको प्रतियोगितामा एपीएफलाई झापा ११ले १–०को गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । खेलको पूरा समय सकिँदा पनि दुबै टिमबाट गोल हुन सकेको थिएन् । अन्तिममा थपेको १५ मिनेट समयलाई सदुपयोग गर्दै झापा ११का रेजिन धिमालले निकालेको पासलाई विशाल राईले गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ द म्याच विशाल राई घोषित भएका थिए ।
दोस्रो संस्करणको माईभ्याली गोल्डकप र मेची नेत्रालय दोस्रो काँकरभिट्टा गोल्डकपमा झापासँग पराजित हुँदै एपीएफ उपविजेता बनेको थियो । एपीएफ राष्ट्रिय खेलाडीले भरिएको सिएमजी संकटामाथि शानदार जीत दर्ता गर्दै सेमीफाइनल प्रवेश गरेको हो भने झापाले रुपन्देही–११ लाई टाइब्रेकरमा हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।

फाइनल खेल २६ गते शनिवार झापा ११ र नेपाल आर्मीबीच हुने आयोजक समितिले जनाएको छ ।

