इलाम।
इलामको फाकफोकथुम गाउँपालिका–५ साबिकको फुएतप्पा गाविसका समाजसेवीले स्वास्थ्य चौकी निर्माणका लागि करिब रु १० लाख बराबरको चार रोपनी जग्गा दान दिनुभएको छ ।
साबिक फुएतप्पा–२ का प्रसादसिंह राईले अढाई रोपनी, गर्जबहादुर राईले एक रोपनी र कर्णबहादुर राईले आठ आना जग्गा दान दिनुभएको हो । प्राप्त जग्गामा बर्थिङ सेन्टर, आवास तथा कार्यालयसहितको सुविधासम्पन्न भवन बन्ने स्वास्थ्य चौकीका इन्चार्ज शिवनाथ यादवले बताउनुभयो ।
यसैबीच, गाउँघर क्लिनिकको भवन निर्माणका लागि चारआना जग्गा प्राप्त भएमा जिल्ला जनस्वास्थ्य कार्यालयले भवन निर्माणका लागि रु दुई लाख बजेट दिने समेत इन्चार्ज यादवले जानकारी दिनुुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 110