झापा ।

झापाको भद्रपुरबाट अवैध भारु नोट सहित दुई जनालाई पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफको टोलीले एघार लाख १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको जनाइएको छ । पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका-६ का २४ वर्षीय रविन घोष र २३ वर्षीय मनोज राजबंशी रहेका सशस्त्र प्रहरी बल महाशाखाको सूचना शाखाले जानकारी दिएको छ । उनीहरुलाई एपीएफले झापाको भद्रपुर नगरपालिका ९ स्थित घोडामाराबाट पक्राउ गरेको हो ।

गस्तीमा रहेको एपीएफ टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउादै गरेको मे ६ प. ६१२९ नम्बरको मोटसाकलमा सवार उनीहरुको साथमा अवैध भारतीय रुपैयाँ फेला पारेपछि मोटसाइकलसहित उनीहरुलाई पक्राउ गरेको जनाइएको छ ।

Views: 169

