Aamsanchar

पाथीभरा मन्दिरमा दर्शनार्थीको चाप बढ्दो

Author Image
शनिवार, चैत २६, २०७३

ताप्लेजुङ ।

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन गर्ने दर्शनार्थीको चाप बढेको छ ।

पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिका अनुसार रामनवमीका साथै मौसममासमेत सुधार आएकाले देवीको दर्शन गर्न आउने दर्शनार्थी बढेका हुन् ।

पाथीभरा देवीको दर्शन गर्ने मूख्य सिजन दशैं, तिहार, चैते दशैं र बैशाख महिनालाई मानिन्छ । यसबेला देवीको दर्शनार्थी राजधानी काठमाडौं र ताप्लेजुङ नजिकका जिल्लाहरु पाँचथर, इलाम, झापादेखि देशभित्र र बाहिरका दर्शनार्थी पुग्ने गरेका छन् ।

पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वद्र्धन समितिका उपाध्यक्ष रणबहादुर कार्कीले मङ्गलबारदेखि दैनिक दुई हजारभन्दा बढीले देवीको दर्शन गरिरहेको जानकारी दिए ।

Views: 70

प्रतिक्रिया (०)