Aamsanchar

दोमुखामा नयाँ वर्ष २०७४ धुमधामका साथ मनाइने

Author Image
शनिवार, चैत २६, २०७३

शिवसताक्षी,


पूर्वकै धार्मिक तथा पर्यटकीय क्षेत्र दोमुखामा यस बर्ष पनि गतवर्ष जस्तै विशेष कार्यक्रमका साथ नयां वर्ष २०७४ मनाउने भएको छ ।
दोमुखा धार्मिक तथा पर्यटकीय विकास संस्थाको आयोजना तथा स्थानीय माइधाम सहकार्य युवा क्लबको सहकार्यमा बैशाख १ गतेका दिन विशेष कार्यक्रमका साथ नयाँ वर्ष मनाइने पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
कार्यक्रममा चर्चित गायकहरु नेपाल आइडलका बादल लिम्बु, खोजी प्रतिभाका प्रतिभाशाली गायक इसान राईका साथै हालसालै जनमानसको मुखमा झुण्डिएको गीत “कपूरी क” गीतकी गायिका एञ्जिला रेग्मीले विशेष सांगीतिक प्रस्तुति दिने आयोजकले बताएको छ । त्यस्तै स्थानीय कलाकारहरु सन्तोष राना मगर, शशि तामाङले पनि आआफ्ना सांगितीक कला देखाउने बताइएको छ ।
पत्रकार सम्मेलनमा दोमुखा धार्मिक तथा पर्यटकीय व्यवस्थापन विकास संस्थाका अध्यक्ष धनप्रसाद लावतीले पर्यटकीय क्षेत्रका हिसाबले निकै अघि बढेको उक्त क्षेत्रलाई जिविस तथा नगरपालिकाले ओझेलमा पार्ने कार्य गरेको गुनासो गरेका थिए । तर पनि पर्यटकहरुको उच्च माया पाएको उक्त क्षेत्रको सर्वाङ्गीण विकासमा सबै लाग्न अनुरोध गरेका थिए ।
यता, माइधाम सहकार्य युवा क्लबका अध्यक्ष सूर्य अधिकारीले अन्य दिनभन्दा विशेष दिनहरुमा दोमुखामा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो भएता पनि नयाँ वर्षका दिन भने अझ विशेष कार्यक्रमका साथ कम्तीमा पनि ६ हजार भन्दा बढी पर्यटक भित्राउने लक्ष्य रहेको बताए । उनले भने – पृथक पहिचान बोकेको दोमुखामा विकासका धेरै पूर्वाधार भएर पनि राज्यले वेवास्ता गरेका कारण स्थानीय नै अगुवा बनेर पर्यटन पर्वद्धन र विकास लागि साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेका हौं ।
अन्दाजी ३ लाख बराबरको खर्चमा सम्पन्न हुने भनिएको उक्त कार्यबाट बचेको रकम सोही क्षेत्रको विकास पूर्वाधारमा लगाइने समेत आयोजकले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर