Aamsanchar

बालिका बलात्कार गर्ने दुईजना पक्राउ

Author Image
आइतवार, चैत २७, २०७३

धनुषाः

धनुषामा एक बालिकालाई दुई जनाले पटकपटक सामूहिक बलात्कार गरेको रहस्य खुल्न आएको छ । धनुषाका जनकपुर उपमहानगरपालिका–१७ लोहनामा नौ वर्षीया बालिकालाई प्रलोभनमा पारी पटकपटक बलात्कार गरेको घटना बाहिर आएको हो । बालिकालाई बलात्कार गरेको आरोपमा वडा नं १७ कै ६१ वर्षीय वृद्ध सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँमा आमा र आफ्नो दुई बहिनीसँग बस्दै आएकी ती बालिकालाई आफ्नै छिमेकी दुई जनाले प्रलोभनमा पारेर पटकपटक यौनशोषण गरेको घटना बाहिर आएको हो । घरमा एक्लै हुँदा ती बालिकालाई छिमेकी ६१ वर्षीय सहदेव मण्डल र ४५ वर्षीय चलित्तर मण्डलले पटकपटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

पीडितका बुबा वैदेशिक रोजगारमा गएको तथा बालिकाको पारिवारिक पृष्ठभूमि अतिनै विपन्न रहेको छ । आफूभन्दा कान्छी दुई बहिनीलाई लिएर आमा मजदुरीमा जाने गरेको बेला उनलाई फकाइफुलाइ बलात्कार गर्ने गरेको किटानी जाहेरीमा उल्लेख रहेको छ ।

बालिकालाई कहिले चकलेट दिएर त, कहिले मिश्री दिने प्रलोभनमा आफ्नो घरमा बोलाइ सहदेवले यौनजन्य क्रियाकलाप गरेको र त्यसैगरी चलित्तर मण्डलले घरमै पसेर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

कसैलाई केही जानकारी दिए ज्यान मार्ने धम्कीसमेत बालिकालाई दिएका आरोपीको डरले बालिकाले आमालाई समेत घटनाको विषयमा बताएकी थिइनन् । तर उनको छिमेकी अर्को बालिकाले यी सबै घटना देखेपछि पीडितकी आमालाई सुनाएकी थिइन् ।

आफ्नो छोरीसँग यस्तो क्रियालाप गर्नेलाई कारबाहीको माग गर्दै गाउँमै कुरा उठाएकी पीडितकी आमालाई पहिला गाउँका पञ्च भनाउँदाले कुरा समाजमै मिलाउन दबाब दिएका थिए । तर, पछि पीडितकी आमा नमानेर प्रहरी कहाँ जाहेरी दिएको र घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले बताउनुभयो ।

घटना भएको १४ दिनपछि प्रहरीसमक्ष उजुरी परेकाले त्यति बेला मेडिकल प्रमाणमा यौन दुव्र्यवहार भएको पाइए पनि बलात्कारका तथ्य जुटाउन गाह्रो भएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । दुवै आरोपीविरुद्ध जबर्जस्ती करणीकै मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको र आरोपित दुवै जना जिल्ला प्रहरी कार्यालय धनुषाको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१