Aamsanchar

डेढ वर्ष कारावासमा बिताउँदा पनि कानुनी झन्झट

Author Image
आइतवार, चैत २७, २०७३

विराटनगर।

दुई वर्षअघि भारतमा धार्मिक प्रवचन सुन्न पुगेका करिब २५ नेपाली डेढ वर्ष कारागारमा बसेपछि पनि अहिलेसम्म कानुनी झन्झटबाट मुक्त हुन पाएको छैन् ।

‘पूर्ण ब्रह्म कवीर उपासक समाज’ नेपालले आज विराटनगरमा पत्रकार सम्मेलन गरी नेपालीलाई कानुनी झन्झटबाट मुक्त पार्नका लागि नेपाल सरकारलाई पहल गर्न आग्रह गरेको छ ।

भारतको हरियाणा राज्यस्थित हिसार बलवालाको सतलोक आश्रममा रामपालजी महाराजको प्रवचन सुन्ने क्रममा विसं २०७१ कात्तिकतिर २४ नेपालीसहित नौ सय भारतीय पक्राउमा परेको समाजका कामु अध्यक्ष केशवप्रसाद मैनालीले बताउनुभयो ।

पक्राउमा परेका सबै जनालाई डेढ वर्ष कारावासमा राखिएको र अहिले भारु एक लाख धरौटी लिएर १५–१५ दिनमा उपस्थित हुन तारेखमा राखिएको उहाँले जानकारी गराउनुभयो । बिनाकसुर पक्राउमा परेका नेपालीको कानुनी झन्झट अन्त्य गर्नका लागि सरकारलाई ठोस कदम चाल्न माग गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर