Aamsanchar

भ्यानको ठक्करबाट पैदलयात्रीको मृत्यु

Author Image
आइतवार, चैत २७, २०७३

२७ चैत, झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक खडकखण्डमा पिकअप भ्यानको ठक्करबाट आइतबार एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक-१५ का ६० वर्षीय गंगाराम बस्नेत छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको डब्लूबी ७३ सी ७३८२ नम्बरको पिकअप भ्यानले बाटो काट्दै गरेका बस्नेतलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय, दमकले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते बनेका उनलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको इप्रका, दमकका डिएसपी राजन लिम्बुले बताए ।

ठक्कर दिने भ्यान र सवारी चालक प्रहरीको नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१