Aamsanchar

रेडक्रस सोसाइटी झापा शाखा देशभरकै उत्कृष्ट दोस्रो

Author Image
सोमवार, चैत २८, २०७३
झापा ।
नेपाल रेडक्रस सोसाइटी झापा शाखा देशभरकै उत्कृष्ट दोस्रो शाखाको रुपमा पुरस्कृत भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको ४५औं केन्द्रीय महाधिवेशनमा सोमबार झापा शाखाका सभापति लोकराज ढकाललाई नगद १० हजार रुपैयाँसहित  उत्कृष्ट दोस्रो शाखाको पुरस्कार प्रदान गरियो ।
सिन्धुलीमाडीमा भएको रेडक्रसको महाधिवेशनमा केन्द्रीय सभापति सञ्जिव थापाले झापा शाखा सभापति ढकाललाई नगद र सम्मानपत्र प्रदान गरेको बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले जानकारी दिए ।
रेडक्रस झापाले विपद व्यवस्थापन र मानव सेवाका क्षेत्रमा सञ्चालन गरेको कार्यक्रमको मूल्यांकन गरी देशभरकै उत्कृष्ट दोस्रो घोषित गरेको बताइएको छ । झापा शाखा यसअघि पनि उत्कृष्ट शाखाको रुपमा पुरस्कृत हुँदै आएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 316

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१