Aamsanchar

सुर्खेतका नौ स्थानीय तहमा एक लाख ८५ हजारले भोट हाल्न पाउने

Author Image
सोमवार, चैत २८, २०७३

सुर्खेत।

जिल्लाका एक लाख ८५ हजारभन्दा बढी मतदाताले आसन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार पाँच वटा नगरपालिका र चारवटा गाउँपालिकामा ९५ हजार ७३० महिला, ८९ हजार ७९१ पुरुष र एक तेस्रोलिङ्गी गरी एक लाख ८५ हजार ५२२ मतदाता छन् । नयाँ सीमाङ्कनअनुसारको साविकको वीरेन्द्रनगर नगरपालिकामा ५० हजार ७९९, भेरीगङ्गा नगरपालिकामा २३ हजार ३७३, पञ्चपुरी नगरपालिकामा १७ हजार ३७४, गुर्वाकोट नगरपालिकामा २५ हजार ९६८ मतदाता छन् ।

यस्तै चौकुने गाउँपालिकामा १२ हजार ६२६, बराहताल गाउँपालिकामा १३ हजार ८६०, लेकबेँसी नगरपालिकामा १७ हजार ४०८ चिङ्गाड गाउँपालिकामा नौ हजार ६०३ मतदाता रहेका छन् भने सिम्ता गाउँपालिकामा १४ हजार ८११ मतदाता छन् ।

जाजरकोटमा महिलाभन्दा पुरुष बढी

जाजरकोटमा ७८ हजार ९४८ जनाले भोट हाल्न पाउने भएका छन् । यहाँ महिलाभन्दा पुरुष मतदाताको सङ्ख्या बढी देखिएको छ । प्राप्त तथ्याङ्कअनुसार छत्तीस हजार ५३६ महिला, ४२ हजार ४१० पुरुष र एक तेस्रोलिङ्गीले मतदान गर्न पाउने भएका हुन् ।

सातवटा स्थानीय तह रहेको जाजरकोटमा तीन नगरपालिका र चार गाउँपालिका छ । यहाँको ग्रामीण क्षेत्रमा थुप्रैले मतदाता नामावली भर्न छुटेका कारण मतदान गर्न नपाउने भएका छन् भने पापक पर्ने ठाउँमा मतदान केन्द्र नहुँदा भोट हाल्नेको सङ्ख्यामा कमी आउने आँकलन गर्न थालिएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)