Aamsanchar

अमेरिकी डलरसहित क्याप्टेन पक्राउ

Author Image
सोमवार, चैत २८, २०७३

काठमाडौँ।

नेपाल वायु सेवा निगमका क्याप्टेन सुवर्ण अवाले ९३ हजार ६०० अमेरिकी डलरसहित आइतबार राति १०।४५ बजे पक्राउ परेका छन् ।

नेपाल वायु सेवा निगमको २२९ जहाज काठमाडौँ–दुवई उडानका लागि विमानस्थल जाने क्रममा जाँच गर्दा उक्त उक्त रकम फेला परेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले जानकारी दिनुभयो ।

अवालले हातमा बोक्ने झोलामा उक्त रकम राखेर एयरपोर्टभित्र छिर्न लागेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनले छोरीलाई लगिदिनका लागि उक्त रकम बोकेको प्रहरीसमक्ष बताएका छन् ।

अवालेलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय हरिहर भवन पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१