Aamsanchar

एकपटक फेरि संसारलाई रुवायो सिरिया रसायनिक हमलाको यो मार्मिक तस्बिरले

Author Image
सोमवार, चैत २८, २०७३

काठमाडौं ।

सिरियामा मंगलबार भएको विनाशकारी रसायनिक हमलापछि सार्वजनिक भएको एक तस्वीरले फेरि एकपटक संसारलाई रुवाएको छ ।

यसअघि समुद्री तटमा भेटिएको मृत बालकको तस्वीरले रोएको संसारलाई सिरियाको इडलिबमा भएको विनाशकारी रसायनिक हमलापछि सार्वजनिक भएको तीन वर्षीया आयलान कुर्दी र ५ वर्षका उमरान दकनीशको मार्मिक तस्वीरले फेरि रुवाएको हो ।

यी सिरियाली जुम्ल्याहा बालकका तस्बिरले एक पटक पुनः संसारलाई नै हल्लाइदिएको छ । ती बालकहरुलाई यो पनि थाहा छैन कि आखिर उनीहरुले कुन सजायँको यति कठोर सजायँ पाइरहेका छन् ।

रासायनिक हमलामा ज्यान गुमाउने ९ महिनाका जुम्ल्याहा आया र अहमदको शवलाई अँगालो बाँधेर शोकाकुल भएका पिता अब्देल हमिद अलयुसेफको तस्बिर सोसल मिडियामा निकै भाइरल भइरहेको छ ।

विश्वका अन्य मिडियाले यो तस्बिरलाई निकै प्रमुखताका साथ प्रकाशित गरेको छ । सिरियाको इडलिबमा भएको विनाशकारी रसायनिक हमलापछि सार्वजनिक भएको यो तस्बिर वास्तविक रुपमा नै मार्मिक छ ।

उक्त हमलामा अब्देल हमिदको पूरा परिवार नै समाप्त भएको छ । ९ महिनाको जुम्ल्याहा सन्तानलाई गाड्न चिहानमा पुगेका अब्देल हमिद पूर्ण रुपमा टुटिसकेका छन् ।

यी जुम्ल्याहालाई त्यस ठाउँमा गाडियो जहाँ अब्देलको परिवारका अन्य २२ सदस्यको पनि अन्तिम संस्कार गरिएको थियो ।

मानवतालाई लज्जित गराउने यो तस्बिर गृहयुद्धको आगोमा डढिरहेको सिरियाको भयावहा हालतलाई बयान गर्दछ । यसका साथै यस्ता थुप्रै शिशु छन् जसले आफ्नो ज्यान गुमाइसकेका छन् ।

 

यो हमलामा ३० बच्चा, २० महिलासमेत सयभन्दा बढि मानिसको ज्यान गइसकेको छ भने ४ सयभन्दा बढि घाइते भएका छन् । मानवअधिकार संगठनका अनुसार मृतकको संख्यामा बढोत्तरी हुनसक्छ ।-दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर