नगरकोट।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले स्थानीय तहको चुनावमा हिन्दू धर्मको पहिचान फर्काउने कार्यसूची आफ्नो पार्टीको रहने बताउनुभएको छ ।
चाँगुनारायण नगरपालिका – ८ मा आज आयोजित कार्यकर्र्ता भेटघाट कार्यक्रममा उहाँले
देशमा नयाँ शक्तिको खाँचो रहेको आँैल्याउँदै जनताको मनमा राप्रपा आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले राजसंस्था र हिन्दू धर्मसापेक्षताका नै राप्रपाको मुख्य माग हुने बताउनुभयो । स्थानीय नेता आत्माराम तिमिल्सिना तथा जितबहादुर नेपालसहित जिल्ला सदस्य जयबहादुर कार्की, रामकुमार कार्की, जमुना थापा, बच्चुराम पराजुली लगायतले सम्बोधन गर्नुभएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 68