Aamsanchar

आजको राशिफल-बि.स.२०७३ चैत्र २९ गते । मंगलबार । ईश्वी सन् २०१७ अप्रिल ११ तारिख ।

Author Image
मङ्गलवार, चैत २९, २०७३
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अध्ययन तथा अध्यापनको क्षेत्रमा तपाईको बलियो पकड रहनेछ । सत्रुहरुलाई परास्त गर्दै कामहरु बनाउँन सकिनेछ । व्यवसायमा लगानी बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुँनेछ । साँझपख माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ ।

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आकस्मिक धन तथा सम्पति लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपहार प्राप्त हुँने हुँनाले मन प्रशन्न रहनेछ । व्यापारबाट सोचेजस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाई अन्य दिन भन्दा सुधार हुने हुँनाले आफन्त हरु खुशी हुनेछन् । बेलुकीपख वादविवाद तथा प्रतिस्पर्धामा भाग लिए हारिने अधिक सम्भावना रहेको छ भने मामा तथा मावली पक्षसँग अनावश्यक विवाद हुँने योग रहेको छ ।

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

कृषि तथा पशुपालन व्यवसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ । आमा, साथीभाई तथा ईष्टमित्रबाट भनेजस्तो सहयोग हुँने हुँनाले मन खुशी हुँनेछ । बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । जग्गा खरिद बिक्रीबाट आम्दानी गर्न सकिनेछ । साँझपख पढाई लेखाईमा राम्रो प्रगति गर्न सकिनेछ भने उपहार तथा चिठ्ठा प्राप्तिको योग रहेको छ ।

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाईलो यात्रा हुँन सक्छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ पति पत्निबिचको सम्बन्ध सुदृड भएर जानेछ । साँझपख राजनिति तथा समाजसेवामा जनताको भनेजस्तो समर्थन पाईनेछ भने पढाई लेखाईमा प्रगति गर्न सकिनेछ ।

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

रमाईलो यात्रा गर्ने अवसर जुर्ने तथा यात्राका क्रममा मिठो साथीभाईका साथमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरु सम्पादन हुनेछन् । व्यापार व्यवसायमा समय दिन सके मनग्गे आम्दानी हुँनेछ । बेलुकीपख दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा केही दुरि बढ्नेछ भने आर्थिक रुपमा सवल हुँनका लागि चालिएका कदमहरुमा बाधा उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरु फराकिला हुनेछन् । पारिवारिक माहोलमा मिष्टान्न भोजन गर्ने अवसर प्राप्त हुनेछ । कामहरु समयमा नै सम्पन्न हुने हुँनाले थप काम गर्न जोश जाँगर बढेर आउँनेछ । सहयोगीहरुबाट आर्थिक लाभ हुनेछ भने उपहार प्राप्तिको योग रहेको छ । साँझपख पारिवारिक माहोलमा जमघट हुँने अवसर मिलेपनि खानपिनमा ध्यान नदिंदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ । परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । समयमा सामाजिक काम सम्पन्न नहुँने हुँनाले मान सम्मानमा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य विवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । साँझपख लामो दुरीको यात्राको तय हुँनेछ भने बिदेशमा बसेर आर्थिक उपार्जन गर्नेहरुका लागि फलदायी हुँनेछ ।

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ काम पाउँने तथा नोकरीमा पदोन्नति हुँने समय रहेको छ । साथीभाई सँग रमाईलो भेटघाट हुँने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । पढाई लेखाईमा अन्य दिन भन्दा सुधार भएर जानेछ । राजनीति कर्मीहरुका लागि आजको दिन उत्तम रहेको छ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुँनेछ ।

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

अध्ययन तथा अध्यापनमा ध्यान जाने हुँनाले अरुलाई उछिन्दै अगाडि बढ्न सकिनेछ । आत्मिय मित्र तथा आफन्तको साथ पाईने हुँनाले काम गर्ने जाँगर बढ्नेछ । धर्म कर्ममा ध्यान जानेछ भने धार्मिक अनुष्ठान तथा मन्दिरहरुको यात्रा हुनेछ । सानो प्रयत्नले कामहरु बन्ने हुँनाले मन खुशी हुनेछ । व्यवसायमा लगानी बढाएर भनेजस्तो नाफा कमाउँन सकिनेछ । साँझपख विवादित बिषयको उठान नगर्नुहोला त्यस्ता बिषयहरु किनारा लगाउँन मुस्किल पर्नेछ ।


कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोश जाँगर हराएर जानेछ । साझपख धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ भने अध्ययन अध्यापनमा समय लगानी गर्नेहरुले भनेजस्तो नतिजा हात पार्न सक्नेछन् ।

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाईनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्न सक्छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा खटपट आउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।-nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर