काठमाडौं।
स्थानीय पर्यटकीय क्षेत्र, स्थानिय होटल व्यवसाय, स्थानिय उद्योग व्यवसायको प्रवद्र्धन गर्ने उदेश्यले चैत्र २९ (आज)देखि दुई दिने सडक महोत्सव हुँदैछ । महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
एक लाख पर्यटक भित्राउने लक्षका साथ हुन लागेको महोत्सवमा संगीत र खानाको स्वाद चाख्ने अवसर प्रदान गर्ने लक्ष राखिएको हो ।

सुर्योदय हेटल व्यवसायी संघको आयोजनामा हुने महोत्सवमा पुर्वी इलाममा रहेका धार्मीक, सास्कृती पर्यटकीय सम्भावनाहरुको प्रचार प्रशार गर्ने उदश्य राखेको संघका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा सीने गुरुङ्ग तथा व्याण्ड, सुगम पोख्ररेल,मेलिना राई,कालीप्रसाद बाँस्कोटा,मनोज गजुरेल, भूगोल दाहाल तथा किताब व्याण्ड, साथै स्थानीय कलाकारहरुको दुबैदिन बेजोड प्रस्तुती रहने संघका सचिव युवराज प्रधानले जानकारी दिए ।
महोत्सवमा पुर्वाञ्चलका ५० वटा स्टल राखेर विभिन्न प्रकारका खानाका स्वादहरु चखाइने श्रेष्ठले बताए । महोत्सवमा प्लाष्टिकका प्लेट निरुत्साहित गरेर टपरी र कागजका प्लेटहरु प्रयोग उनले बताए ।
महोत्सवमा स्थानिय स्तरमा उत्पादन भएका चिया,दुग्ध, अचारका परिकारहरुका स्टलहरु राखिने अध्यक्ष श्रेष्ठले बताए महोत्सवमा विशेषज्ञ डाक्टरहरुद्वारा निःशुल्क स्वास्य परिक्षण, रक्त दान, जनजातीका परिकार, सास्कृतिक झाकी र मनोरञ्जनात्मक खेलहरु प्रर्दशन तयारी गरिएको छ ।

महोत्सवको अवसरमा पर्यटकीय स्थलहरुको भ्रमणः
पर्यटकलाई कन्याम, श्रीअन्तु, सिमपानी, करफोक, कन्याम, पञ्चकन्या मन्दिर लगायतका पर्यटकीय क्षेत्रको भ्रमण गराउने योजना रहेको छ ।
इलामका पर्यटकीय क्षेत्रको सुचना दिनका लागि सूचना केन्द्रको व्यवस्था गर्ने आयोजकले जनाएको छ ।इमेजखबरबाट

