चारपाने, २९ चैत्र । झापाको विर्तामोड नगरपालिका २ चारपानेको एसेन्ट एकाडेमीले आफ्नो १५ औं स्थापना बार्षिकोत्सव सम्पन्न गरेको छ ।
चारपानेका समाजसेवी विद्यालयका अभिभावक नारायण राजवंशीको सभापतित्वमा भएको कार्यक्रममा स्थानिय समाजसेवी रमेश थापाको प्रमुख आतिथ्य रहेको थियो ।
विद्यार्थीहरुले विभिन्न जातजातीका भेषभूषा प्रर्दशन र सास्कृतिक नृत्य अनी विभिन्न सा“गित कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा महिला नेतृ कोपिला बस्नेत, शिवकुमारी थापा, लक्ष्मी भण्डारी लगायतको आतिथ्य रहेको थियो ।

गोवर्धन फाउण्डेशन दृारा संचालित यस एसेन्ट एकाडेमीले नानीहरुलाई समय अनुकुल, चरित्रवान, गुणात्मक, अशल र देशभक्त नागरिक उत्पादन गर्न विद्यालय सधै कृयाशिल रहदै आएको र हाल कक्षा १० सम्म अध्यापन हुदै आएको विद्यालय निकट दिनदेखी कक्षा ११ र १२ संचालनमा ल्याउन लागेको विद्यालयकी प्रधानाध्यापक जोस्ना प्रसाईले बताईन ।

विद्यार्थीहरुलाई नियमित पठन पाठन संगै अतिरिक्त क्रियाकलाव खेलकुद, नृत्य,गायन, संगीत लगायतका विषयहरु सिकाईदै आएको र अव आत्म रक्षाका लागी खेलिने खेल कराते खेलपनि सूरु गर्ने सहायक प्रधानाध्यापक जनार्दन दाहाले जानकारी दिए । कार्यकोक्रमको संचालन विध्यार्थाीहरु शोभा गिरी र सुमन दाहाले गरेका थिए ।

