भरत शिवाकोटी,
[युएई]
कला मानिसको रचना अथवा कौशल हो, जसलाई मेहनतका साथ प्रयोग गरे कलाको धनि व्याक्ति दुनियाँमा प्रतिष्ठित त हुन्छ नै उसले सिंगो रास्ट्रको नामलाई समेत युगौंयुग सम्म चिनाउन सक्छ भन्ने उदाहरण दुनियामा धेरै छन भन्दा अन्यथा नहोला | तर यसो भनिरहदा राज्यले कलाको सम्मान कति सम्म गरेको छ अनि कलाकारका हस्तीहरुलाई कति हौसला दिएको छ भन्ने विषय पनि प्रमुख हुन आउँछ | हाम्रो देशमा कला भएर पनि नेपथ्यामा जस्तो रहेका अथवा राज्यको ओझेलमा परेका धेरै व्याक्तिहरु त छन नै तर आफ्नो पसिना र पौरखले रास्ट्रलाई चिनाउने अनि आफ्नो कलाको उपहार रास्ट्रलाई दिने महान लक्ष्य बोकेका कलाका धनि मनहरु भने धेरै कम छन | यिनै कम व्याक्तिहरु मध्ये रास्ट्रलाई आफ्नो कलाको उपहार दिने संकल्प पुरा गर्न निरन्तर जीवनका घुम्तीहरुमा लडाइँ लडिरहेका तर रास्ट्रले नचिनेको अथवा देशबाट ओझेल परेको धनि मन भएका सफल अनि पौरखी मुर्तिकारको नाम हो ‘’मञ्जुल मितेरी’’ |
११ बर्षको कलिलो उमेरमा जब मितेरीको हातमा विश्व मुर्तिकलाका चम्किला तारा ‘’अरनि’’ को जीवनी सम्बन्धि पुस्तक पढे तब उनि पनि अरनिको जस्तै सफल मूर्तिकार बन्न प्रेरित बने | उनको चाहनालाई बुझेका उनका बुबाले मञ्जुल १२/१३ बर्षको हुँदा देखि नै सफल मूर्तिकार बन्न प्रेरणा दिनथाले | आफ्नो लगाव तथा मेहनत र साथमा रहेको बुबाको प्रेरणाले उनलाई थप उर्जा र हौसला मिल्यो | सरल तथा मिजासिलो स्वभावका धनि मञ्जुल जब ६/७ कक्षामा अध्ययनरत थिए, त्यसबेला साहित्यिक रुची भएका व्याक्तिहरुले आफ्नो नाम सँगै उपनाम जोडने गर्दथे | साहित्यमा समेत रुची भएका उनले त्यसैबेला आफ्नो नाम सँग ‘मितेरी’ जोडे र अन्तत: ‘मञ्जुल मितेरी’ नाम ले चिनिन थाले | २०३७ साल कार्तिक १ गते पिता इन्द्र बराइली एवं माता सरिता राईका सात सन्तानहरु मध्ये साइलो छोराको रुपमा मोरंग जिल्लाको टाँडीमा जन्मिएका मञ्जुल मितेरी हाल पनि एम.ए. संस्कृत विषयमा अध्ययनरत छन |
अध्ययन,मूर्तिकला,साहित्यका अलावा घरायसी काममा परिवारलाई सहयोग गर्दै संघर्षपूर्ण जीवन बिताउने क्रममा २०५७ मा कौशिला राई सँग लगनगाँठो कस्न पुगेका मितेरी मुर्तिकलाका अलावा गित,संगीत,साहित्य गायन र खेलकुदमा समेत उत्तिकै रुची राख्दछन | सबैभन्दा पहिला एक मान्छेको आकृतिको मुर्ति बनाएर मूर्तिकलाको शुरुवात गरेका मञ्जुल मुर्ति कुद्ने ढुंगा पाउन तथा ढुवानी गर्न असहज भएपनि स्थानीय कलाकारलाई अवसर दिनुपर्छ भन्ने आम मानिसको जागरुकताका कारण मूर्तिकला बाट जीविकोपार्जनमा त्यति कठिनाई नभोगेका बताउँछन | यस अघि नै कथा संग्रह ‘अर्काको देशमा’ २०७१ प्रकाशित गरिसकेका उनले आफ्नै शब्द,संगीत,र अभिनयमा एक गीत रिलिजको तयारि समेत गरेका छन, त्यसो त उनका अरु थुप्रै फुटकर गित,गजल,कविता,लेख आदि प्रकाशित भइसकेका छन | नेपाल सरकारबाट २०७१ मा रास्ट्रिय युवा प्रतिभा पुरस्कार द्वारा सम्मानित भएका मञ्जुल युवा उधमी पुरस्कार , विशेस पहिचान पुरस्कार लगायतका दर्जनौं विभिन्न पुरस्कारहरुबाट समेत सम्मानित व्याक्ति हुन | हालसम्म उनले २००० भन्दा बढी विभिन्न मुर्तिहरु निर्माण गरिसकेका छन |
मुर्ति बनाउन चाहिने आवश्यक ढुंगा, निर्माण सामाग्री, निर्माणस्थल अनि संरक्षण अभाव जस्ता धेरै समस्याहरुबाट कहिल्यै निराशा नहुने उनलाई कला प्रेमिहरुले दिएको हौसलाले थप उत्साहित बनाउदै लग्यो र २०६५ सालमा सबैलाई चकित पार्ने अपत्यारिलो संकल्प गरे | आर्थिक अवस्था त्यति गतिलो नभएपनि फराकिलो मनका धनि ‘मितेरी’ ले आफ्नो तर्फबाट १००० मुर्ति रास्ट्रलाई उपहार दिने संकल्प गर्दा धेरैले पत्याएनन र अहिले पनि पत्याएका छैनन तर उनि संकल्पबाट कति पनि विचलित छैनन | २०६५ सालमा आफ्नै निवासमा एक संग्राहालय बनाएर रास्ट्रलाई उपहार दिने मुर्तिहरु मध्ये हालसम्म झन्डै २०० मुर्ति निर्माण गरि संग्राहालयमा संग्रह भैसकेको बताउने उनको केवल एक लक्ष्य छ, त्यो भनेको हजार मुर्ति रास्ट्रलाइ उपहार दिने हो | ‘‘रास्ट्रलाइ यस्तो उपहार दिन सँकु जसका कारण देशले म प्रति गर्व गर्न सकोस’’ फराकिलो मनका धनि मञ्जुल भन्छन |
उनले रास्ट्रलाई दिने मुर्तिहरुमा ख्यातिप्राप्त रास्ट्रका स्रस्टाहरु प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पा, महाकवि लक्ष्मी प्रसाद देवकोटा आदि रहने छन भने अन्तरास्ट्रिय स्तरमा चर्चित व्याक्तित्वहरु महात्मा गान्धी, लिओनार्दोदा भिन्ची , नेपोलियन बोनार्पाट, आइन्सटाइन,पेले, आदि रहने छन | आज मेरो सपना म सँग निहित भएपनि भोलि मैले रास्ट्रलाई दिने उपहार त्यो मेरो नभई सिंगो रास्ट्रको सम्पत्ती हुनेछ | यो वास्तविकता बुझेर सम्बन्धित निकायहरुले यसका लागि आवश्यक सामाग्री, निर्माणस्थल, संरक्षण आदिको व्यवस्था, संचालन र प्रचार प्रसारमा चासो दिए मेरो सपना थप उत्साहित त हुने नै थियो, कार्यले समेत समयमै मुर्त रुप लिने थियो । ‘रास्ट्रले मलाई के दियो भन्दा पनि मैले रास्ट्रलाई के दिए’ भन्ने सोच भएका ‘मितेरी’ व्यक्त गर्दछन |
रास्ट्रलाई उपहार दिने कार्यमा तल्लिन रहिरहेका उनीलाई २०७३ मा जापानमा रहेको एक संस्था को अनुरोधमा सोहि देशमा २०औं तथा २१औं शताब्दीको सबै भन्दा ठुलो ढुंगाको बुद्दको मुर्ति बनाउन एक अनुरोध आयो र उनि सोचमग्न भए | एकातिर रास्ट्रलाई उपहार दिने संकल्प अनि अर्कोतिर एउटा सुवर्ण अवसर जसले अभावपुर्ण अथवा कठिनाइपूर्ण कार्यलाई सरल र सफल बनाउन आर्थिक रुपले टेवा समेत पुग्दथ्यो | यो सबै विषयलाई ध्यानमा राखेर अन्ततः उनले बुद्दका देशका मुर्तिकारले अरुको देशमा गएर बुद्दको मुर्ति बनाउन पाउनुलाई एउटा ठुलो अवसरको रुपमा लिदै त्यस अनुरोधलाई स्वीकार गर्ने निर्णय गरे |
२०७३ साउन बाट जापानको कुमामोतो खामिआमा कुशा भन्ने स्थानको एक पहाडमा अवस्थित पहरोमा संसारको सबैभन्दा ठुलो ढुंगाको मुर्ति बनाउने कार्यको नेतृत्व जिम्मेवारी वहन गरिरहेका मितेरीका साथमा बुद्दका देशका थप तीनजना मूर्तिकार काभ्रे जिल्लाका सानुभाई विश्वकर्मा, मोरंग जिल्लाका गणेश राई र उदयपुर जिल्लाका रामचन्द्र पण्डित पनि कार्यरत छन भने यस कार्यको व्यवस्थापकीय मेनेजरको रुपमा अर्का नेपाली दिलिप लामिछाने समेत आफ्नो जिम्मेवारीका साथमा मूर्तिकलाको कार्यमा समेत सहयोग गरिरहेका छन | पाँच वर्षभित्रमा निर्माण कार्य सकिने लक्ष्य लिएको उक्त मुर्तिहरु बनाउन लगभग ५ खर्ब रुपियाँ लागत लाग्ने अनुमान रहेको छ | पहाडको पहरोमा ६० फुट उचाई रहेको मुख्य बुद्द मुर्ति सहित ३५ फुट उचाईका २ मुर्तिहरु र ३० फुट उचाईका चारवटा मुर्ति गरि कुल ७ वटा मुर्ति निर्माण हुनेछन | धेरै विशेषता मध्ये बुद्दका देशका मुर्तिकारहरुले बनाएका मुर्तिहरु भन्ने मुख्य विशेषता बोक्ने उक्त मुर्तिहरु निर्माण सम्पन्न हुँदा सम्ममा विश्व सम्पदा सुचिमा रहने लक्ष्य सहित निर्माण भैरहेका छन | जसमध्ये सबैभन्दा अग्लो ६० फुट उचाईको बुद्द मुर्ति विश्व इतिहाशको २०० बर्ष भित्रको सबैभन्दा ठुलो ढुंगे बुद्द मुर्ति हुनेछ |
प्रवासमा अनेकौ कठिनाईहरु र अप्ठयाराहरू भएपनि एतिहासिक र अदितिय कार्य गर्ने यो अवसरले वर्णन नै गर्न नसकिने सुख र गर्वको अनुभूति गर्दछन | जब सपना मर्छ, तब जीवन पनि मर्छ, त्यसैले मलाई मेरो सपनाको माया लाग्छ र त्यसलाई हर-तरहले पुरा गर्न प्रवासमा कठोर संघर्ष गरिरहेको छु, मितेरी भन्छन | निर्माण अवधिभर जापान रहने ‘मितेरी’ बुद्द मुर्ति निर्माण कार्य सम्पन्न भए पश्चात एक इतिहास रचिने तथा यसमा आफ्नो नाम भन्दा सानो देश नेपालको ठुलो प्रतिनिधित्व र नाम सम्झन्छन | उनि अघि नेल्सन मन्डेलाको भनाई सम्झन्छन ‘’जुनसुकै महान कार्यहरु गर्न त्यतिबेला सम्म असम्भव देखिन्छ, जब सम्म त्यो काम सम्पन्न हुँदैन’’ | हो, हजार मुर्ति पुरा गर्न मैले अवर्णनिय दु:ख र कस्ट झेल्नुपरेको छ, छिनोका चोटहरुका साथमा हातका ठेलाहरुमा हाँसी-हाँसी खेलेको छु अनि ढुंगाको धुलो र चोइटाहरु आँखाले सजिलै पचाएको मात्र छैन कैयौं पटक निलेको छु | तरपनि निराशा छैन,मेरो सपनालाई जोगाइरहेको छु र बेला-बेला नेपालमा गएर त्यसलाई उत्तिकै निरन्तरता दिने प्रयास गरिरहेको छु | यस कार्यलाई मेरी जीवन साथीले समेत घरमै बसेर सहयोग गरिरहेकी छन, निरन्तरता दिईरहेकी छन,उनीलाई विशेस सम्झन चाहन्छु |हजार मुर्तिको सपनालाई जोगाउन मितेरी अप्रिल ९ मा छोटो समयका निमित्त घर फर्किएका छन |
रास्ट्र बाट केहि पाइएन अथवा देशमा काम गर्ने वातावरण हुन सकेन भन्नेहरुको भिड लागिरहेको बेला रास्ट्रलाई अमुल्य मुर्तिहरु उपहार दिन संकल्प सहित अग्रसर बनेका ‘’मञ्जुल मितेरी’’ लाई रास्ट्रले ढिलो छिटो पहिचान नगरी सुख पाउने छैन | यदि काँही कतै सरकारको कानमा यो अभियानको आवाज पुगेको भए आवश्यक सहयोग हुने नै थियो तर आजसम्म त्यो पाइएको छैन | सरकारको सहयोग पाइएला र आफ्नो संकल्प पुरा गरुँला भन्ने आशा अनि सपना नै नदेखेका मितेरी आफ्नो मेहनत र पसिना बाट नै रास्ट्रलाई भारि उपहार दिन आजपनि प्रतिबद्द अनि तल्लिन भएर कर्ममा निरन्तर लागिरहेका छन | रास्ट्रले ‘’मञ्जुल मितेरी’’ लाई कहिले चिन्छ त्यो भविष्यको गर्भभित्र नै छ तर मञ्जुल ले रास्ट्र के हो,चिनेका छन | उनको सपनामा कतैबाट पनि धक्का नलागोस,सलाम ’मञ्जुल मितेरी !