Aamsanchar

पाथीभरा क्षेत्रको विकासका लागि झापावासीको सहयोग

Author Image
मङ्गलवार, चैत २९, २०७३

ताप्लेजुङ।

ताप्लेजुङमा अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको विकासका लागि झापाका एक नागरिकले नगद सहयोग प्रदान गरेका छन् ।

पाथीभरा क्षेत्रमा पदमार्ग, खानेपानी, शौचालयजस्ता भौतिक संरचना निर्माण होस् भन्ने उद्देश्यले झापाको बरदशी गाउँपालिका–५ चकचकीका नरेन्द्र योङ्हाङले ५० हजार पाँच रुपैयाँ नगद सहयोग गर्नुभएको हो ।

परिवारसहित सोमबार पाथीभरा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उहाँले स्थानीय विकास अधिकारी नरहरि भण्डारीको रोहबरमा पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष सजन पौडेललाई उक्त सहयोग रकम प्रदान गर्नुभएको हो ।

स्थानीय विकास अधिकारी भण्डारीले सहयोग प्रदान गरेकामा योङ्हाङलाई धन्यवाद दिँदै उक्त रकम मन्दिर क्षेत्रको विकासमा लगानी गर्ने बताउनुभयो ।

Views: 131

प्रतिक्रिया (०)