Aamsanchar

नदीमा डुबेर बालकको मृत्यु

Author Image
मङ्गलवार, चैत २९, २०७३

धनकुटा।

महालक्ष्मी नगरपालिका–५ लेगुवाका १२ वर्षीय बालकको अरुण नदीमा डुबेर मृत्यु भएको छ ।

आज अरुण नदीमा साथीसँग नुहाउन गएका ईश्वर बस्नेतको अरुण नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । राम मावि लेगुवा कक्षा ७ मा अध्ययनरत १२ वर्षीय बस्नेत अति गर्मी भयो भन्दै साथीसँग अरुण नदीमा नुहाउन गएको परिवारको भनाइ छ ।

बस्नेत डुबेपछि उनका साथीले प्रहरीलाई खबर गरेको र घटनास्थल पुगेको प्रहरीले शवपरीक्षणका लागि धनकुटा जिल्ला अस्पतालमा पठाएको लेगुवा चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बरुवालले बताउनुभयो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर