Aamsanchar

अब विवाह गर्ने उमेर २० वर्ष, अनुमतिबिना तस्वीर खिच्नेकार्य गम्भीर अपराध

Author Image
मङ्गलवार, चैत २९, २०७३

काठमाडौं।

व्यवस्थापिका–संसदको विधायन समितिले मुलुकी ऐन २०२० लाई समयसापेक्ष ढंगले परिमार्जन गर्ने गरी विधेयक तयार पारिएको जनाएको छ ।

देवानी र देवानी कार्यविधि संहितामा रहेका प्रावधानबारे जानकारी गराउन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिले विवाह गर्ने उमेर केटा र केटी दुबैका लागि २० वर्ष तोकिएको जानकारी दिइयो ।

यस्तै, १२ वर्षदेखि बेपत्ता भएका वा सो अवधिमा कुनै जानकारी नरहेका व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमाबाहेक स्वतः मृत्यु भएको मानिने व्यवस्था पनि गरिएको छ । यस्तै, फौजदारी र फौजदारी कार्यविधि संहितामा कसैको अनुमतिबिना तस्वीर खिच्ने वा निजको तस्वीरसँग अर्को व्यक्तिको तस्वीर जोडी अर्को तस्वीर बनाउने कार्य गम्भीर आपराधिक कसुर हुनेछ ।

फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने सम्बन्धमा पनि नयाँ व्यवस्था गरिएको समितिले जनाएको छ । १६३ वर्ष पुरानो मुलुकी ऐनलाई बद्लिँदो राजनीतिक तथा सामाजिक परिवेशअनुसार परिमार्जन गरिएको दाबी पनि गरिएको छ ।

मुलुकी ऐन परिमार्जनसम्बन्धी यो विधेयक संसदबाट पारित भएपछि २०७५ भदौ १ गतेदेखि लागू हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर