[नरेन्द्र ढकाल]
नेपालको राजनीति सधैं केहि न केही गरेर चर्चामा आउने गरेको छ । पछिल्लो समय उपप्रधानमन्त्रीहरु कमल थापा, कृष्णबहादुर महरा र विमलेन्द्र निधिले आफ्नो हैसियत देखाए पछि जनता छक्क परेका छन् । देश र जनताको सेवा गर्नुको सट्टा कुर्सीको र पदको लोलुप्ता देखाउने गरेका यी नेताबाट हामीले के आशा गर्ने ? नेता भनेको नेतृत्व गर्दै समाजलाई सहि दिशामा डोहो¥याउने ब्यक्तिको रुपमा चित्रण गरिए पनि कुर्सीको लडाईले गर्दा केही समय देश प्रधानमन्त्री बिहिन समेत बन्न पुग्यो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले बरियता विवादकै कारण कुनै पनि मन्त्रिलाई जिम्मेवारी नदिएपछि दाहाल चीन भ्रमणमा रहेको समयमा देश प्रधानमन्त्री बिहिन बन्न पुग्यो । यस्तो अवस्था आउनु नेता र नेतृत्व सम्हाल्नेहरुका लागी लाज मर्दो विषय हो । जनता विकास चहान्छन्, शान्ति चहान्छन्, समृद्धि चहान्छन् तर नेताहरु सत्ता र भत्ता मात्र चहान्छन् अनि कसरी हुन्छ त विकास ? यो जनताको सवालमा न त सरकारलाई चासो छ ? न त प्रतिपक्षि भनाउदाहरुले यो विषयमा बोलेका छन् । त्यसैले अब जनता बोल्ने की ? तर निरीह जनतालाई केही गर्दा पनि हुन्न भन्ने स्पष्ट भइसकेको छ । राज्य नै खारेज गर भन्ने हिसिला यमीलाई कारबार्ही गर्न नसक्ने सरकारबाट के आसा गर्नु ।
सरकार बलात्कार गरिसकेपछि मैले बेहोसीमा बलात्कार गरे माफ पाँउ भन्दा उसले माफि पाउछ ? यदि पाउदैन भने देशलाई नै खारेज गर भन्नेहरुलाई के कारबार्ही होला ? सुन्दा समान्य लाग्न सक्छ तर नबोलिनजेल सम्म बोली आफ्नो अधिनमा हुन्छ बोले पछि बोलिको अधिनमा बस्न सक्नुपर्छ । यो विषयमा अब जनता जाग्नुपर्छ । कहिले सम्म निरीह बन्ने नेपाली जनता हो ?्र एक पटक त आफ्नो जन्मभुमिका विषयमा सोच्ने गर । हैन भने भोली नेपाल पनि देश थियो भन्ने इतिहास हाम्रा सन्ततीले पढ्न नपर्ला भन्न सकिन्न । सिमा रक्षाका निम्ति कञ्चनपुरमा आफुलाई बलिदानी दिन पनि पछि नपर्ने गोविन्द गौतम सच्चा नेपाल आमाकी छोरा हुन तर भारतको पृष्टपोषण गर्ने नेताहरु भने भारतीय दलाल हुन् भन्दा कसैले टाँउको दुखाउनु पर्दैन् ।
देशका सिमा मिचिने क्रम रोकिएको छैन सरकार कानमा तेल हालेर बसेको छ, आँखामा ट्टिी बाँधेर बसेको अनि अन्याय भयो भन्ने तर देशको रक्षका निम्ति सिक्ने नभााँच्ने जनताबाट के आशा गर्ने ? यदि नेपाल नै रहेन भने हामी रहन्छौं एक पटक मनन गरौं । भारतले दशगजामा सडक निमार्ण गरे पर्खाल झै बनाइरहेको छ अनि तराई डुबान हुदाँ हामी समस्यामा पर्दा बल्ल भारतलाई कुरा गछौं तर अरु बेला निधाउछ हाम्रो सरकार अनि देखेपनि नदेखे झैं गर्ने प्रशासनबाट के आशा गर्ने ? हामी भने आफु डुबानमा परे भारतको बिहारलाई हराभरा बनाइरहेका छौं हामी विस्थापित भएका छौं हामी सुकुमबासी भएका छौं तर न यो विषयमा सरकारलाई चासो न त नेता भनाउदाँहरुले नै यो विषयमा बोलेका छन् । पछिल्लो समय नेताहरुको हर्कत हेर्दा जनता दुखी बनेका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा तीन उपप्रधानमन्त्रीको दृश्य साँच्चै हेर्न लायक थियो । बच्चाहरु मिलाउन सकिन्छ तर हाम्रा नेताहरु के भन्नु कुनै त्यस्तो शब्द छैन जसले उनीहरुको प्रतिनिधित्व गर्छ ।
उपप्रधानमन्त्री जस्तो पदमा नियुक्त भएकाहरुले देखाएका हर्कतले गर्दा जनताले के आशा र भरोसा गर्ने । हामी चहान्छौं तिमीहरु देश र जनताका लागी एक भएर राष्ट्रलाई समृद्ध मुलुक बनाउन लाग तर तिमीहरुबाट हामीले आशा गनर््ु पनि बेकार छ । पछिल्लो समय नेताहरु गाँउ आउन थालेका छन् २० वर्ष पछि स्थानीय तहको निर्वाचन हुने भएपछि जनतामा उत्साह बढ्न स्वभाविक हो । तर अबको स्थानीय तहको निर्वाचनमा दल होइन ब्यक्ति रोज्न आवश्यक छ । दललले खान दिदैंन राम्रो ब्यक्ति आएमा देशले विकास दिन्छ त्यसैले हामीले विकास प्रेमी र इमान्दर नेतृत्व चयन गरौं । पद र सत्ताको लडाई गर्ने ब्यक्ति होइन् ।