Aamsanchar

चारवटा गाडी आपसमा ठोक्कियो, दुईजनाको मृत्यु

Author Image
बुधवार, चैत ३०, २०७३

काभ्रे,


काभ्रेमा केहीबेर अघि भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । विपि राजमार्गको भिमखोरी पिप्लेमा चारवटा गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको काभ्रे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुईवटा टाटा सुमो, एउटा बस र मोटरसाइकल ठोक्किँदा १० जना भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेको सनाखत हुन बाँकी छ ।

ना १ ज ६५६६ र ना १ ज ४६९५ नम्बरको टाटा सुमो तथा बा ४ ख ६०३ नम्बरको बस र बा ४५ प ६७५३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर