Aamsanchar

हल्दिवारी गाउँपालिकाको मुख्य कार्यालय धनुषा पोखरीमा राख्न स्थानीयको माग

Author Image
बुधवार, चैत ३०, २०७३

खेमराज बराल
हल्दिवारी

झापाको हल्दिवारी गाउँपालिकाको मुख्य कार्यालय साविक जलथल–८स्थित धनुषा पोखरी क्षेत्रमा राख्नका लागि स्थानीयले माग गरेका छन् ।
धनुषा पोखरी संरक्षण समितिको आयोजनामा स्थानीय सरोकारवालाहरुको सर्वपक्षीय भेलाले साविक हल्दिवारी, जलथल र गोलधाप गाविसको बीच स्थानमा रहेको सो क्षेत्र गाउँपालिकाको केन्द्र र सवै जात, धर्मको सार्वजनिक स्थल रहेको ऐतिहासिक क्षेत्र भएको हुनाले गाउँपालिकाको कार्यालय सोही स्थानमा राख्नका लागि माग गरेका हुन् ।
समितिका अध्यक्ष हेमराज काफ्लेको अध्यक्षता तथा हल्दिवारी गाउँपालिकाका कार्यकारी अधिकृत खम्वराज राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका दिलीप मावो, नेकपा एमालेका डम्बर गिरी, माओवादी केन्द्रका राजेन्द्र योङहाङ, देवेन्द्र कन्दङ्वा, राष्ट्रिय जनमुक्ति पाटीका टंकीनाथ योङहाङ, संघीय समाजवादी पार्टीकी गिता राई र रेवतीरमण नेपाल लगायतले मन्तव्य राख्दै गाउँपालिकाको कार्यालय राख्दा पर्याप्त जग्गा व्यवस्थापन र संघीय संरचना अनुकुल बनाउनुपर्ने धारणा राखेका थिए ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै कैदी मावोले सवै जात र धर्मको सार्वजनिक स्थल रहेको ऐतिहासिक क्षेत्र भएको र १ विगाह ५ कठ्ठा जग्गामा गाउँपालिका कार्यालय बनाउन सवै जनताको सहमति रहेको स्ष्पट पारेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर