Aamsanchar

छ करोडको लागतमा प्लास्टिक उद्योग

Author Image
बुधवार, चैत ३०, २०७३

झापा ।

बिर्तामोड नगरपालिका–२ मा रु छ करोडको लागतमा पूर्वाञ्चल प्लास्टिक पाइप उद्योग सञ्चालनमा आएको छ ।

दश कट्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगले खानेपानीका पाइप, घरमा प्रयोग गरिने वाइरिङ पाइप, पिभिसी पाइपलगायत उत्पादन सुरु गरेको उद्योगका सञ्चालक प्रकाश सिटौलाले जानकारी दिनुभयो ।

उद्योगको आज एक कार्यक्रमबीच झापाका स्थानीय विकास अधिकारी खेमराज ओझाले उद्घाटन गर्नुभयो । एक सयजनालाई रोजगार दिने उद्देश्यका साथ स्थापित सो उद्योगले आगामी दिनमा सेक्सन पाइप, गार्डेन पाइप र प्लास्टिकका सकेट समेत उत्पादन गर्ने लक्ष्य राखेको अर्का सञ्चालक गोपाल मैनालीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 352

प्रतिक्रिया (०)

सम्बन्धित खबर