Aamsanchar

उपलब्धि शून्य जस्तै : आशै आशामा बित्यो २०७३

Author Image
बिहिवार, चैत ३१, २०७३

(नरेन्द्र ढकाल)
झापा ।


भनिन्छ विगतले वर्तमानलाई पाठ सिकाउछ । हामी यतिबेला २०७३ सालको विदाई तथा नयाँ वर्ष २०७४ को स्वागतको तयारीमा छौँ ।  सोचेजस्तो र खोजेजस्तो नभए पनि समयको नियति हामी नयाँ वर्षमा प्रवेश गर्दैछौँ ।  २०७२ सालको जस्तो प्राकृतिक विपत्ति भोग्नु नपरे पनि खासै नयाँ सुखद अनुभूति यस वर्षले दिन सकेन ।  २०७४ सालमा जनताले चाहे र सोचे जस्तै संविधानले तोक बजोजिमका तीन वटै तहको निर्वाचन भई मुलुकमा राजनीतिक स्थायित्वको सुरुवात हुने हो भने सायद मध्यम वर्षका रूपमा विश्लेषण गरिनेछ २०७३ साललाई तर नयाँ वर्ष २०७४ आशालाग्दो वर्ष हुने अपेक्षा गरिएको छ ।  जनताका हक अधिकार तल्लो तहसम्म पुग्नु र निर्वाचनका माध्यमबाट त्यसको व्यवहारिक अभ्यास हुनुलाई सकारात्मक मान्नुपर्ने अवस्था छ ।
नेपालको संविधान जारीसँगै सङ्क्रमणकालको विस्तार व्यवस्थापनसँगै अब यो धेरै दिन रहँदैन भन्ने हिसाबले बुझिएको छ ।  खासगरी मुलुकमा लामो समयसम्म सङ्क्रमणकालीन राजनीति अन्त्य हुन नसकेकोले २०७३ साल यसैमा रुमलिएको तर २०७४ साल सङ्क्रमणकाल अन्त्य भई स्थिरताको वर्ष हुने विश्वास सबैले गरेकाले आगामी वर्ष उपलब्धी मुलक हुने अपेक्षा गरिएको छ । भनिन्छ, बितेको समय फर्कंदैन, तर त्यो समयमा घटेका केही घटना–प्रतिघटनाले समय, समाज र राष्ट्रलाई लामो समयसम्म प्रभावित तुल्याउँछ । वि.सं. २०७३ मा पनि केही यस्ता घटना घटे जसमध्ये केही घटनाले नेपालको इतिहासमा विशिष्ट स्थान प्राप्त गर्ने निश्चित छ भने केही घटना समयसँगै मानिसको स्मृतिबाट हराएर जानेछ ।
वि.सं. २०७३ का केही यस्तै घटनाको संक्षिप्त लेखाजोखा पूर्वाञ्चल दैनिकले यसरी गरेको छ । २०७३ सालको वैशाख १ गते नै भुकम्पको पराकम्पले हल्लाउदा धेरै यो वर्ष भुकम्पको वर्ष हुने अनुमान गरेका थिए । नेपाली जनताले प्राप्त गर्ने सबै किसिमका आर्थिक, राजनैतिक तथा सामाजिक सुविधा एकीकृत रूपमा प्रदान गर्न सजिलो बनाउन सरकारले वि.सं. २०७४ वैशाखदेखि राष्ट्रिय परिचय पत्र लागू गर्ने निर्णय र्गयो, जसमा परिचय प्राप्त व्यक्तिको नागरिकता, शैक्षिक योग्यता, आर्थिक उपलब्धि, उसको काम र शैली तथा शारीरिक विकास, मतदाता परिचय, स्वास्थ्य बिमा, सवारी चालक अनुमतिजस्ता कुराहरू समेटिने बताइएको छ ।
वि.सं. २०७३ असार २९ गते तत्कालीन नेकपा एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेतृत्वको संयुक्त सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो, जसअनुसार ओली सरकार ढलेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ संयुक्त सरकार अस्तित्वमा आयो । रोचक कुरा त के भने, अघिल्लो सरकारमा नेकपा माओवादी केन्द्रसमेत संलग्न थियो । जसले विश्वास ग¥र्यो पछि उसैले अविश्वासको प्रश्ताव ल्यायो । २०७३ सालको असार ६ गते पाकिस्तानमा १३ निर्दोष नेपालीले ज्यान गुमाउनु प¥र्यो ।
पाकिस्तानको काबुलमा आतंककारीले आत्मघाती विष्फोट गराएका थिए । त्यस्तै केही अघिसम्म नेपालमा पनि गैरकानुनी मानिएको सरोगेसी सेवालाई सरकारले २०७३ असार ३० गते कानुनी मान्यता प्रदान गरेको छ । नेपालको सन्दर्भमा यो निर्णयलाई दूरगामी प्रभाव पार्ने निर्णय बताइएको छ । त्यति मात्र होइन नेपालीका भाषाका विज्ञहरु भाषा विवादमा समेत यो वर्ष निकै रुमलिए नेपाली भाषा कस्तो लेख्ने ? नेपाली भाषालाई कस्तो बनाउने ? भन्ने कुरा निक्र्यौल गर्न सरकारले वि.सं. २०७३ भदौ २३ गते डा. लवदेव अवस्थीको अध्यक्षतामा भाषा आयोग गठन र्गयो । उक्त आयोग गठन भएदेखि नै विवादमा तानियो ।
आयोगले भाषासम्बन्धी प्रचलित मान्यताहरू भत्काउने छाँटकाँट देखिएपछि कतिपय भाषाविद् आयोगको विपक्षमा उभिए । त्यसपछि भाषामा सुधार वा संशोधन गर्ने कुरा सेलाएर गएको छ । अर्को रोचक कुरा के भयो भने २०७३ असोज ११ बाट ५० रुपैंयाको नोटमा भेढाको चित्र हटाएर हिम चितुवाको तस्वीर समावेश गरियो । असोज महिना केही दुखद् घटना पनि भयो २०७३ असोज ९ गते पुर्व मुख्य सचिव तथा पूर्व गृहमन्त्रि माधवप्रसाद घिमिरे चढेको गाडी त्रिशुली नदीमा खसेर वेपत्ता भयो । आमा र भाईको शव फेला पनि पूर्व गृहमन्त्री अझै फेला पर्न सकेका छैनन् ।  लामो समयदेखि ऊर्जा संकट बेहोर्दै आएको नेपालका लागि यो वर्ष आशाका किरणहरू देखिए ।

सरकारले नेपाल विद्युत् प्राधिकरणमा नेतृत्व परिवर्तन गरेसँगै व्यवस्थापकीय कुशलताका कारण लोडसेडिङको समयलाई उल्लेखनीय रूपमा कटौती मात्र गरिएन राजधानी काठमाडौंलगायत केही प्रमुख सहरहरूलाई लोडसेडिङ मुक्त घोषणासमेत गरियो । मुलुकमा निर्माणाधीन ऊर्जा आयोजनाहरू एकपछि अर्को गर्दै सम्पन्न हुनु र भारतबाट मागबमोजिमको ऊर्जा आयात हुन थाल्नुले पनि लोडसेडिङ अन्त्यमा महत्त्वपूर्ण भूमिका निर्वाह र्गयो । मुलुक संघीय ढाँचामा प्रवेश गर्ने संघारमा छ । यसै सन्दर्भमा सरकारले स्थानीय निकायको ढाँचामा पनि परिवर्तन गरेको छ । परिवर्तित ढाँचाअनुसार अब नेपालमा ४ महानगर, १३ उपमहानगर, २ सय ४६ नगर तथा ४ सय ८१ गाउँपालिका रहनेछन् ।
लामो प्रयासपछि निर्धारण गरिएका यी स्थानीय निकायमा सरकारले वैशाख ३१ गते निर्वाचन गरी स्थानीय सरकार तथा स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गर्नेछ । तोकिएको समयमा तोकिएको कार्यक्रमअनुसार निर्वाचन सम्पन्न भए त्यसले नेपालको राजनैतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा दूरगामी प्रभाव पार्ने निश्चित छ । शिक्षाको क्षेत्रमा यो वर्ष ऐतिहासिक नै भयो भन्नुपर्छ । प्रवेशिका परीक्षा पनि भनिने एसएलसी परीक्षा प्रणालीमा यसैवर्ष व्यापक सुधार गरियो । विगतका वर्षहरूमा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण रहँदै आएको एसएलसी परीक्षालाई खारेज गरेर सरकारले यसै वर्षदेखि कुनै पनि परीक्षार्थी अनुत्तीर्ण नहुने गरी प्रवेशिका परीक्षाको परीक्षाफल अक्षरांकन पद्धतिमा लाने निर्णय र्गयो । यसवर्षबाट एसएलसी हटाएर एसईई बनाइयो ।
राजनीतिलाई हेर्ने हो भने २०४६ सालको जनआन्दोलनपश्चात् भएको प्रजातन्त्र पुनस्र्थापनापछि जुम्ल्याहा राजनैतिक दलका रूपमा देखा परेको राष्ट्रिय प्रजातन्त्र पार्टी बितेको २७ वर्षमा कतिपटक एकीकृत भयो त्यसको लेखाजोखा सम्बन्धित नेता तथा कार्यकर्ताहरूसँग पनि नहोला । पछिल्लो पटक त्यही राप्रपा एकपटक फेरि एकीकृत भएको छ । उक्त एकीकरणसँगै राप्रपाले कमल थापालाई राष्ट्रिय अध्यक्ष निर्वा्चित गरेको छ ।
राप्रपाको एकीकरणपछि जारी राप्रपाको विधान नेपालको संविधान २०७२ सँग बाझ्ने तर्क गर्दै निर्वाचन आयोगले उल्लेख गरिएको हिन्दू राष्ट्र भन्ने शब्द झिक्न लगायो । जसको विरोधमा अध्यक्ष कमल थापा सरकारमा उपप्रधानमन्त्री रहेकै अवस्थामा निर्वाचन आयोग घेराउ गरे । यस्तो उटपट्याङ विरोधको शैली संसारमा कतै देखिएको थिएन । विद्यार्थी राजनीतिमा पनि यो वर्ष निकै स्मरणीय बन्यो ।  नेपालको राजनीतिमा राजनैतिक दलहरूको आधारभूमि मानिने विद्यार्थी संगठनहरू निकै क्रियाशील मानिन्छन् । विद्यार्थी संगठनहरू विशेष गरेर सरकार नियन्त्रित विश्वविद्यालय तथा त्यस मातहतका क्याम्पसहरूमा सक्रिय देखिन्छन् । तिनै विश्वविद्यालय तथा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनका रूपमा विद्यार्थी राजनीतिको मियो अस्तित्वमा छ ।

निर्वाचनका माध्यमबाट त्यसमा विद्यार्थी प्रतिनिधिहरू छनौट हुँदै आएका छन् । विद्यार्थी युनियनमा वि.सं. २०६५ पछि कुनै निर्वाचन हुन सकेको थिएन । यो वर्ष फागुन १४ गते सरकारले विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गरायो । उक्त निर्वाचन समानुपातिक प्रणालीमा आधारित थियो । यो वर्ष एमाले निकै चर्चामा रहयो । केपी ओली बालुवाटारबाट बाहिरीदाँ मात्र नभएर  स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै प्रमुख विपक्षी दल नेकपा एमालेले फागुन २१ गतेदेखि मेची–महाकाली अभियान प्रारम्भ र्गयो । उक्त अभियानको विरोधमा मधेसी मोर्चा अगाडि स¥यो । अभियानलाई सप्तरीको तिलाठीमा अवरोध गर्न पुगेका मधेसी दलका कार्यकर्ता एवं प्रहरीबीच भिडन्त हुँदा ५ जनाको मृत्युसमेत भयो । भारतीय हस्तक्षेप यो वर्षए पनि नेपालीले बेहोर्नु प¥र्यो ।
सुदूरपश्चिमको कञ्चनपुर जिल्लाको आनन्द बजारमा भारतको सशस्त्र प्रहरी बल (सीमा सुरक्षा बल) ले दसगजासम्बन्धी विवादमा गोली चलाउँदा आनन्द बजारका गोविन्द गौतमको निधन भयो । उक्त घटनाले नेपाल र भारतको द्विपक्षीय सम्बन्धलाई नै चिस्याउने काम ग¥यो । घटनाको सन्दर्भमा भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिलाई नेपाल सरकारले खारेज गरेपछि त्यसको तरंग नयाँदिल्लीसम्म अनुभव गरियो र भारतको गृह मन्त्रालयले उच्च स्तरीय छानबिन गरी दोषीलाई सजाय तथा पीडितलाई क्षतिपूर्ति दिने निर्णय ग¥र्यो । स्वाभिमानी नेपालीले भारतको ठाडो विरोध गरेपनि राजनीतिक दलका नेताहरुले भारतको खुलेर विरोध गर्न सकेनन् । २०७३ साल लोकमान प्रकरणले निकै चर्चामा रहर्यो  ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमान कार्की यही वर्ष पदीय मर्यादा विपरीतका आचरण तथा भ्रष्टाचारको अभियोगमा सर्वोच्च अदालतद्वारा पुस २४ गते अयोग्य ठहर गरिएपछि बर्खास्त गरिए । संविधानसभा संसदका बहुसंख्यक सदस्य तथा स्वयं सर्वोच्च अदालत विपक्षमा देखिएपछि कार्कीका लागि उन्मुक्तिको कुनै बाटो देखिएन । यता  सरकारले तेस्रो वरियताका जयबहादुर चन्दलाई वरियता क्रममा पहिलो स्थानमा रहेका डिआईजी नवराज सिलवालको पालो मिचेर प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेपछि त्यसले नेपाली राजनीतिमा ठूलै विवाद निम्त्यायो ।
विश्वव्यापी अभ्यासअनुसार सार्वजनिक क्षेत्रका महत्त्वपूर्ण पदमा सरकारको नेतृत्वले आफूलाई अनुकूल हुने व्यक्तिलाई जिम्मेवारी दिए पनि नेपालको हकमा भने त्यस्तो अभ्यासलाई असंवैधानिक भनिएको पाइन्छ । विकासको हिसाबले केही उपलब्धी मुलक मान्नु पर्छ । सडक सञ्जालले नछोएको नेपालका अन्तिम दुई जिल्ला डोल्पा र हुम्लामा यही वर्ष चारपांग्रे गाडी पुग्यो । डोल्पामा २०७३ साउन २५ गते पहिलोपटक ट्रयाक्टर र जिप पु¥याइयो भने हुम्लामा फागुन २१ गते पहिलो पटक जिप पुग्यो । अब नेपालका सबै जिल्लाका सदरमुकाम सडक सञ्जालमा जोडिएका छन् ।

स्वास्थ्यको हिसाबमा पनि यो वर्ष केही विशेष रहयो । २०७२ मंसिर २२बाट नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको छ । बलराम नागाले आफ्नो कलेजोको भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रमा गरियो । झापामा भने २०७३ खासै उपलब्धि मुलक देखिएन् । सामान्य रुपमा नै झापाबासीले यो वर्षको विदाई गरेका छन् ।समग्रमा हेर्ने हो भने राम्रो र स्वर्णीम वर्षको रुपमा २०७३ ले आफुलाई सावित गर्न सकेन् । आगामी वर्ष भने नेपाल र नेपालीका निम्ति फदायी बनेस् शुभकामना ।

Views: 174

प्रतिक्रिया (०)