Aamsanchar

आजको राशिफल-बि.स.२०७३ चैत्र ३१ गते । बिहिबार । ईश्वी सन् २०१७ अप्रिल १३ तारिख ।

Author Image
बिहिवार, चैत ३१, २०७३
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यापारमा प्रशस्त नाफा कमाउँन सकिनेछ । दाम्पत्य जीवनमा बिश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसियाली छाउँनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रशन्न हुँनेछन् । सवारी साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । बिभिन्न अवसरलाई आउँने हुँदा त्यसलाई क्याच गरि मनग्ने आम्दानी गर्न सकिनेछ ।

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

खराब संगत तथा गलत सल्लाहले हुँन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य खटपट आउँनेछ भने माया प्रेममा धोका हुन सक्छ । समयको गति सँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारी बिनानै महत्वपुर्ण काम शुरु गर्दा बिग्रने छ ध्यान दिनु उचित होला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउनसक्छ ।

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

भौतिक सम्पति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवार तथा आत्मिय मित्रमा साथ रमाईलो यात्रा हुँनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । सबैको सहयोग पाईने हुँनाले काम गर्न जोश जाँगर आउँनेछ । सामाजिक काममा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । बिद्यार्थीहरुले मेहनेत गरि राम्रो नतिजा हात पार्न सक्नेछन् ।

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । बिद्यामा  सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुशी हुनेछन् ।

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अप्रिय समाचारले दुखी बनाउँनेछ । व्यापार व्यवसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ । माया प्रेममा धोका हुँन सक्छ ख्याल गर्नुहोला । दाजुभाई तथा छिमेकीसँग अनावश्यक विवाद हुनसक्छ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । स्वास्थ्यमा कमजोरी देखिने हुँदा दैनिक कामकाजमा समस्या पैदा हुन सक्छ ध्यान दिनुहोला ।

 कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
असजिलो तथा अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्दा दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ ध्यान दिनुहोला । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ । कामहरु समयमा नबन्नाले मानसिक तनाब बढ्नेछ । आफ्नो ब्यक्तिगत कुराहरु अरुले थाहा पाई आलोचना गर्न सक्छन् ध्यान दिनुहोला । अध्ययनमा रुचि नँजादा अरुभन्दा पछि परिनेछ ।

तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

न्यून पारिश्रमिकमा दिनभर समय ब्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । अल्छि गर्ने बानिले कामहरु बिग्रन सक्छ । पढाई लेखाईमा समय दिन नसक्दा अरु भन्दापछि परिनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखापर्न सक्ने तथा उपचार खर्च बढ्ने योग रहेको छ । अनावश्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ ।

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा अलि बढि समय दिनुपर्नेछ । परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवनमा सामान्य विवाद सिर्जना हुनेछ । रमाईलो वातावरणमा दिन बित्ने तथा अरुकै प्रायोजनमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । चिठ्ठा तथा उपहार प्राप्तिको योग रहेको छ । अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा समय दिनुहोला मनग्गे रुपैया पैसा कमाउँने समय रहेको छ ।

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आफ्नो भन्दा पनि अरुकै कामको लागि दिनभर ब्यस्त रहदा आफ्नो काम थाति रहनेछ । नोकरीमा अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्नेछ भने सहयोग गर्ने कमै भेटिनेछन् । पहिले निर्णय भैसकेका मुद्दाहरु आईलाग्ने हुँदा मानसिक तनाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँनाले दैनिक कामकाज गर्न गाह्रो हुँनेछ । माया प्रेममा आफ्नो मायालुसँग मनमुटाब बढ्नेछ ।

कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

भाग्यले साथ दिनेहुँदा सानो प्रयत्नले कामहरु बन्नेछन् । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा तपाईकै बर्चस्व रहनेछ । व्यापार व्यवसायमा साथिभाई तथा आफन्तको समयोग हुनेछ । धार्मिक कार्यमा मन जाने तथा मन्दिर तथा धार्मिक अनुष्ठानतिरको यात्रा गर्न सकिनेछ । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

घर परिवार तथा आफन्तबिच घरायसी कुरामा विवाद निम्तिनेछ भने कुनै योजना भए थाति राख्नुहोला तपाईको योजना बिफल हुन सक्छ । पुराना लेनदेनका समस्याहरु बल्झन सक्छ । चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ ।-nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर