झापा।

झापाको अर्जुनधारा ३ स्थित पग्ला खोलामा बुधबार माछा मार्ने क्रममा करेण्ट लागेर एक युवकको ज्यान गएको छ।

मृत्यु हुनेमा सोही ठाँउ बस्ने २३ बर्षिय नारायण घतानी रहेका छन्। साथीहरुसँग सोही खोलामा गएका घतानीलाई करेण्ट लगाएर माछा मार्ने क्रममा अचानक करेण्ट लागेको थियो।

करेण्ट लागेर घाईते भएका घतानीको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ।

Views: 194

