Aamsanchar

आगामी बजेट निजी क्षेत्रमैत्री हुने

Author Image
बिहिवार, चैत ३१, २०७३

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक विकासको महाअभियानमा सहयोग गर्न र सरकारका सकारात्मक कामकारबाहीलाई पूर्ण प्रतिबद्धताका साथ लागू गर्न उद्योगव्यवसायीलाई आग्रह गर्नुभएको छ ।

नेपाल उद्योण वाणिज्य महासङ्घको नवनिर्वाचित केन्द्रीय कार्यसमितिलाई  बधाई तथा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले सरकारको ध्यान आर्थिक विकास र विस्तारमा नै गएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्रीले महासङ्घमा केही गरौँ भन्ने भावनाद्वारा प्रेरित नमुनायोग्य समूह नेतृत्वमा आएकामा खुसी व्यक्त गर्दै निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सरकार र निजी क्षेत्रबीच जति सहकार्य हुन सक्छ, त्यति छिटो विकास र समृद्धिमा जान सकिन्छ, देशमा राजनीतिक स्थिरता हुनासाथ विकास र निर्माणको गति पैदा हुन्छ ” प्रधानमन्त्रीले भन्नुभयो । उहाँले आगामी बजेट निजी क्षेत्रमैत्री हुने बताउँदै पुराना ऐनकानुनमा समयानुकूल परिमार्जन गर्दै लगिने जानकारी दिनुभयो ।

सो अवसरमा महासङ्घका नवनिर्वाचित अध्यक्ष भवानी राणाले सरकारले उद्योगी तथा व्यवसायीको भावनालाई सम्बोधन गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै निजी क्षेत्र सरकारको सहयोगी भएकाले सँगै लिएर हिड्न र सकारात्मक सहयोगको वातावरण बनाइदिन आगह गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर